३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

पिएचडी सब्जीवाला डा. सिंह

चार विषयमा स्नातकोत्तर र कानूनमा पिएचडी गरेका सिंह अहिले , तरकारी बेच्ने काम गर्देछन् ।
Logo
निरज बस्नेत

पन्जाव भारतका डाक्टर , सन्दिप

विराटनगर, पुष १८
गरे असम्भव के छ र ? अनि काम जस्तोसुकै होस् , लाज किन ? यही कुरालाई व्यवहारत लागू गरेका छन् , पन्जाव भारतका डाक्टर , सन्दिप सिंहले । चार विषयमा स्नातकोत्तर र कानूनमा पिएचडी गरेका सिंह अहिले , तरकारी बेच्ने काम गर्देछन् । ३९ बर्षीय डा. सिंह पन्जावी विश्वविधालय, पटियालामा एक अनुबन्धित प्रोफेसर रहिसकेका व्यक्ति हुन् । तर, समय परिस्थितीका कारण उनले आज जागिर छोडेर तरकारी बेचेर पैसा कमाउन थालेका छन् । जागिरबाट परिवारको खर्च धान्न मुस्किल परेकै कारण डा. सिंहले जे सुकै गर्न तयार भएका हुन् । डा. सिंह पन्जावी विश्वविधालयको कानुन विभागमा ११ बर्षसम्म करारमा प्राध्यापक थिए । पन्जावी पत्रकारिता र राजनीतिशास्त्रमा डिग्री पनि गरेका छन् । र आजसम्म पनि आफ्नो पढाइलाई निरन्तरता दिदै छन् । तलव कम, र अनियमित तलव दिने जस्ता कारण पनि यिनले विभिन्न अवरोधको सामना गर्नुपरेको तितो यथार्थ छ । फलस्वरुप, सवैकुरा छोडछाड गरी तरकारी बेच्न थालेका हुन् । आफ्नो तरकारी ठेला र त्यसमा पिएचडी सब्जीवाला बोर्ड लगाएर डा. सिंह हरेक दिन घर घरमा गएर तरकारी बेच्छन् । तरकारी बेचेर उनले अहिले जागिर खाएको बेलामा भन्दा बढी आम्दानी गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]