०५ माघ २०८२, आइतबार
18-01-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

पिएचडी सब्जीवाला डा. सिंह

चार विषयमा स्नातकोत्तर र कानूनमा पिएचडी गरेका सिंह अहिले , तरकारी बेच्ने काम गर्देछन् ।
Logo
निरज बस्नेत

पन्जाव भारतका डाक्टर , सन्दिप

विराटनगर, पुष १८
गरे असम्भव के छ र ? अनि काम जस्तोसुकै होस् , लाज किन ? यही कुरालाई व्यवहारत लागू गरेका छन् , पन्जाव भारतका डाक्टर , सन्दिप सिंहले । चार विषयमा स्नातकोत्तर र कानूनमा पिएचडी गरेका सिंह अहिले , तरकारी बेच्ने काम गर्देछन् । ३९ बर्षीय डा. सिंह पन्जावी विश्वविधालय, पटियालामा एक अनुबन्धित प्रोफेसर रहिसकेका व्यक्ति हुन् । तर, समय परिस्थितीका कारण उनले आज जागिर छोडेर तरकारी बेचेर पैसा कमाउन थालेका छन् । जागिरबाट परिवारको खर्च धान्न मुस्किल परेकै कारण डा. सिंहले जे सुकै गर्न तयार भएका हुन् । डा. सिंह पन्जावी विश्वविधालयको कानुन विभागमा ११ बर्षसम्म करारमा प्राध्यापक थिए । पन्जावी पत्रकारिता र राजनीतिशास्त्रमा डिग्री पनि गरेका छन् । र आजसम्म पनि आफ्नो पढाइलाई निरन्तरता दिदै छन् । तलव कम, र अनियमित तलव दिने जस्ता कारण पनि यिनले विभिन्न अवरोधको सामना गर्नुपरेको तितो यथार्थ छ । फलस्वरुप, सवैकुरा छोडछाड गरी तरकारी बेच्न थालेका हुन् । आफ्नो तरकारी ठेला र त्यसमा पिएचडी सब्जीवाला बोर्ड लगाएर डा. सिंह हरेक दिन घर घरमा गएर तरकारी बेच्छन् । तरकारी बेचेर उनले अहिले जागिर खाएको बेलामा भन्दा बढी आम्दानी गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]

काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनले सर्वसम्मतिमा नेतृत्व चयन गर्ने भएको छ । महाधिवेशनले पार्टीको उपसभापतिमा फरमूल्लाह मन्सुरको नाम टुङ्गो लगाएको छ । निर्वाचन समितिका एक अधिकारीले बताएअनुसार सर्वसम्मतिमा नेतृत्व चयन गर्ने जिम्मा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई दिइएको छ । उनले कांग्रेसको विधानमा दुई जना उपसभापतिको व्यवस्था रहेको र सोमध्य एक जनाको […]