१७ साउन २०८३, आइतबार
02-08-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

राजस्व सकंलन प्रक्रियालाई झन्झट रहित, त्रासमुक्त र व्यवहारीक बनाउन विराटनगरका उद्योगी तथा व्यवसायीहरुकाे आग्रह

Logo
निरज बस्नेत

विराटनगर,२१ पुस ।
राजस्व सकंलन प्रक्रियालाई झन्झट रहित, त्रासमुक्त र व्यवहारीक बनाउन विराटनगरका उद्योगी तथा व्यवसायीहरुले आग्रह गरेका छन्। आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली संग शुक्रबार विराटनगरमा गरिएको कर सम्वन्धी अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरुले दालाल, घुसखाेरी र अव्यवहारीक कर नितीले उद्याेगी व्यवसायीहरुलाई चपेटामा पारेकाे गुनासाे गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघ केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले महिला तथा युवा पुस्तालाई उद्योग व्यवसायमा जोड्ने र उनीहरुलाई सहुलियतरुपमा व्यवसाय सञ्चालनमा सघाउ पुर्‍ याउने व्यवस्था राज्यले गर्नुपर्ने वताए । यस्तै परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले विभिन्न बहानामा उद्योगी,व्यवसायी संग राज्यले आशंका गर्ने गरेको भन्दै दु:ख व्यक्त गरे । उनले भने, “राज्यले त्यो सिस्टम बनाओस् हामीले राज्यलाई तिर्नुपर्ने कर खुसी-खुसी तिर्छौ ।”

यस्तै कार्यक्रममा बोल्दै मोरङ व्यापार संघका अध्यक्ष एवं नेपाल उद्याेग वाणिज्य महासंघका केन्द्रिय सदस्य नविन रिजालले राज्यले बनाएको पोलिसीमा कमजोरी भएको र त्यसलाई सच्याएर अगाडि बढ्न आवश्यक रहेको औल्याए । उद्योगीका समस्या समाधानका लागि किन यति कठिनाई राज्यलाई परिरहेको छ मैले बुझिरहेको छैन रिजालले भने , “उद्योग,धन्दाको वातावरण बन्नेवित्तिकै फाईदा राज्यलाईनै हो ।”

यस्तै उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले मोरङ व्यापार संघ,उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ कोशी प्रदेश,उद्योग संगठन मोरङले सम्युक्तरुपमा बनाएको उद्योगीका समस्या लगायतको कार्यपत्र पढेर महानिर्देशक मैनालीलाई सुनाउनका साथै हस्तान्तरण गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

गुनासाे र जिज्ञासालाई सम्बाेधन गर्दै अन्त्यमा महानिर्देशक मैनालीले उद्याेगी तथा व्यवासायीका सबै जायज मागहरु आफ्नाे तहले दिएसम्म समाधान गर्ने आश्वासन दिएका थिए ।

कार्यक्रममा  माेरङका प्रमुख जिल्ला अधिकारी प्रमे प्रसाद भट्टराई, पलाई स‌ंघका काेशी अध्यक्ष सिनरुप अग्रवाल, नेपाल उद्याेग वाणिज्य महासंघका पुर्व उपाध्यक्ष किशाेर प्रधान, नेपाल सुनचाँदी व्यवसायी सघका विराटनगरका अध्यक्ष शशिभुषण शाहकाे उपस्थिती रहेकाे थियाे ।

त्यसैगरी प्रतिष्ठित व्यवसायी बाजेकाे सेकुवाका साेल प्राेप्राईटर चेतन भण्डारी,  मारङ्ग व्यपार संघका उपाध्यक्ष अनिल शाह, प्रतिष्ठित उद्याेगी रमेश राठी,  मारङ्ग व्यपार संघका विकाश वेगवानी, मारङ्ग व्यपार संघकै श्याम राठी, महिला व्यवासायी सरसवती ओझा र साेनिय आचार्य, व्यवसायी रमेश भटराई, माेरङ्ग इलेक्ट्रिक एसाेशिएसनका गाैरभ भंग, दुवानी व्यवसायी खेमराज खेपड, नेपाल सुनचाँदी व्यवसायी संघका सुनिल कुमार साेनी, व्यवसायी नरेश राठी, व्यवसायी सिर्जन प्याकुरेल,  नेतृ सुची चाैधरी, व्यवसायी मनिष मारु, माेरङ्ग इलेक्ट्रिक स‌ंघका कैलाश विश्वास र राजेश अग्रवाल, कडबड मार्केटिङ्गका सुसभनाथ उप्रेती, उर्जाशील व्यवसायी श्रुती शर्मा, दुवानी व्यवसायी साेमप्रसाद भट्टराई,  उद्याेगी आयुश अग्रवाल, सिएनआईका साकेत राठी, व्यापार संघका अमित राठी, सिएन्आईका अजय राठी, व्यापार स‌ंघका दिपेश सुवेदी, उद्याेग संगठनका दिपक कट्वाल, सिएन्आईकी अजिता बराल, सिएनआई युवा तर्फका सुवास प्रधान र मुनन रिजाल,  सिएनआई युवा तर्फकै डाडलन अटल, लेखापाल सराेज चाैधरी लगाएकाे पनि कार्यक्रममा उपस्थिती रहेकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]