१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

धनकुटामा सांसद शर्माको भव्य स्वागत

Logo
संवाददाता जनचर्चा

धनकुटा, २१ पुस । जनपक्षीय सवालमा खरो उत्रँदै आएका नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मालाई धनकुटामा आज भव्य स्वागत गरिएको छ । पार्टी भन्दा माथि उठेर आवाज बुलन्द गर्दै आएका मोरङका सांसद शर्मालाई धनकुटामा फूलमालासहित भव्य स्वागत गरिएको हो ।

उनको स्वागतमा नेपाली कांग्रेस धनकुटाले औपचारिक कार्यक्रम नै गरेको छ । सांसद शर्माको फोटोसहितको ब्यानर राखेर कांग्रेसले उनीसँग भेटघाट र अन्तरक्रिया कार्यक्रम गरेको हो । जनपक्षीय सवालमा गलत गर्ने आफ्नै पार्टीका नेताहरूलाई पनि नछोड्ने उनी अहिले चर्चाको शिखरमा छन् । आफ्नै पार्टी सभापतिको कमजोरीमा पनि उनी खुलेर विरोध गर्छन् । उनले आफ्नै पार्टीका अर्थमन्त्रीको विषयमा विरोध जनाए । सत्ता साझेदार दलको सांसद भएर पनि उनी अहिले सरकारको कमजोरीमा खुलेर बोलिरहेका छन् । सरकारले जनपक्षीय काम गर्न नसेको भन्दै उनले यही अवस्थामा कांग्रेसले समर्थन गरेर बसिरहन नहुने तर्क गर्दै आएका छन् ।

धनकुटामा भएको कार्यक्रममा पनि उनले सरकारको विरोध गरे । कार्यकर्ताहरू माझ उनले यही अवस्थामा कांग्रेस सरकारमा बसिरहन उपयुक्त नहुने तर्क राखे, पार्टी नेतृत्वप्रतिको असन्तुष्टि पनि पोखे । नराम्रो काम गर्ने आफ्नै पार्टीका नेता भएपनि नछोड्ने र राम्रो काम गर्ने फरक पार्टीकै मान्छेलाई पनि प्रशंसा गर्ने नेपाली राजनीति भित्रको नौलो र विरलै देखिने स्वभावका कारण उनी जनप्रिय बन्दै गएका छन् । नेपाली राजनीतिमा पनि उनको प्रभाव बढ्दै गएको छ । उनले पाउँदै आएको सम्मानले पनि यो कुरा प्रस्ट्याएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]