२३ कार्तिक २०८२, शनिबार
08-11-2025 , Sat
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

राठीकाे स्वरमा “श्री कृष्णके १०८ नाम” भजन रेकर्ड

चम्पालाल राठीको रचना, नन्दकिशोर राठीकाे स्वर र शंकर माहेश्वरीको संगीत
Logo
निरज बस्नेत प्रकाशित मंगलबार, पुष २४, २०८०

विराटनगर, २३ पुस । भगवान् श्रीकृष्णको नाममा धार्मिक गीत रेकर्ड गरिएको छ । विराटनगरका उद्योगी तथा समाजसेवीद्धय चम्पालाल राठीको रचनालाई नन्दकिशोर  राठीले स्वर दिएका छन् । भगवान कृष्णका १०८ नामलाई गीतमा समावेश गरिएको छ । शंकर माहेश्वरीको संगीतमा गीतको  रेकर्डिङ गरिएकाे नन्दकिरोर राठीले जानकारी दिए । रेकर्डिङकाे काम सकिएकाेले अब छिट्टै गीत सार्वजनिक हुने उनले बताएका छन् ।

कृष्ण हिन्दू धर्म शास्त्रका अनुसार भगवान विष्णुको दश मुख्य अवतारहरू मध्यको एक अवतार मानिन्छन् । जसमा कृष्ण, हरि, मनमोहन, बाकेलाल, नारायण, नन्दलाल, गोवद्र्धनधारी, मनमोहन, नागनथैया, सोहन, पितम्बरधारी, कान्हा, बंशीबारे, गोविन्द, सावरो, केशव, लल्लो, माधव, गिरिधर, यादव, श्यामसुन्दर, मेड्तियो, अन्तरयामी, श्रीनाथ, गोपेश्वर, शेखर, रासचैया, स्वामी, विठ्ठल, स्वामी, परमेश्वर, बनवारी, बालमुकुन्द, मोरमुकुटधारी,   मधुसुदन, केदार, छलिया, वृजकिशोर, बालकृष्ण, प्रदीप, दिलिप, युगलकिशोर, परमानन्द रहेका छन् ।

यस्तै अनन्त, श्यामघणी, छविलाल, पुरषेत्तम, रणछोड, बन्शीधर, गोपिकाबल्लभ, कुञ्जबिहारी, राधारमण, जनार्दन, मदनगोपाल, कन्हैया, नटवर, घनश्याम, चारभुजानाथ, बिहारीलाल, दिनदयाल, दामोदर, दिननाथ, राधेश्याम, मुरारी, चक्रगदाधर, दिनेश, सुरेश, आदिदेव, आनन्दसागर, अनिरुद्र, दयानिधि, देवेश, ज्ञानेश्वर, कमलनाथ, श्रीकान्त, नन्दगोपाल, मयुर, महेन्द्र, लक्ष्मीकान्त, कुञ्जलोचन, उपेन्द्र, पद्मनाथ, पार्थसारथी, बालगोपाल, अरबिन्द, त्रिलोकीनाथ, गायचरैया, जगदिश्वर, देवेनद्र, जगन्नाथ, लड्डु, कन्हाई, श्याम, नन्दकिशोर, बच्चु, बासुदेव, दिनबन्धु, गोपाल, माखनचोर, अमृत, योगेश्वर रंगलाल, सरजनहार, कमलकिशोर, भुषण, अच्युतम, जगतगुरुम्, नागर र द्धारिकाधिस नामहरु गीतमा समाविष्ट गरिएका छन् । संगीतमय यो गीतिभजन अत्यन्तै सुमधुर रहेको छ । केहीदिनमै यसलाई सार्वजनिक गरिने वताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]