०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

राठीकाे स्वरमा “श्री कृष्णके १०८ नाम” भजन रेकर्ड

चम्पालाल राठीको रचना, नन्दकिशोर राठीकाे स्वर र शंकर माहेश्वरीको संगीत
Logo
निरज बस्नेत

विराटनगर, २३ पुस । भगवान् श्रीकृष्णको नाममा धार्मिक गीत रेकर्ड गरिएको छ । विराटनगरका उद्योगी तथा समाजसेवीद्धय चम्पालाल राठीको रचनालाई नन्दकिशोर  राठीले स्वर दिएका छन् । भगवान कृष्णका १०८ नामलाई गीतमा समावेश गरिएको छ । शंकर माहेश्वरीको संगीतमा गीतको  रेकर्डिङ गरिएकाे नन्दकिरोर राठीले जानकारी दिए । रेकर्डिङकाे काम सकिएकाेले अब छिट्टै गीत सार्वजनिक हुने उनले बताएका छन् ।

कृष्ण हिन्दू धर्म शास्त्रका अनुसार भगवान विष्णुको दश मुख्य अवतारहरू मध्यको एक अवतार मानिन्छन् । जसमा कृष्ण, हरि, मनमोहन, बाकेलाल, नारायण, नन्दलाल, गोवद्र्धनधारी, मनमोहन, नागनथैया, सोहन, पितम्बरधारी, कान्हा, बंशीबारे, गोविन्द, सावरो, केशव, लल्लो, माधव, गिरिधर, यादव, श्यामसुन्दर, मेड्तियो, अन्तरयामी, श्रीनाथ, गोपेश्वर, शेखर, रासचैया, स्वामी, विठ्ठल, स्वामी, परमेश्वर, बनवारी, बालमुकुन्द, मोरमुकुटधारी,   मधुसुदन, केदार, छलिया, वृजकिशोर, बालकृष्ण, प्रदीप, दिलिप, युगलकिशोर, परमानन्द रहेका छन् ।

यस्तै अनन्त, श्यामघणी, छविलाल, पुरषेत्तम, रणछोड, बन्शीधर, गोपिकाबल्लभ, कुञ्जबिहारी, राधारमण, जनार्दन, मदनगोपाल, कन्हैया, नटवर, घनश्याम, चारभुजानाथ, बिहारीलाल, दिनदयाल, दामोदर, दिननाथ, राधेश्याम, मुरारी, चक्रगदाधर, दिनेश, सुरेश, आदिदेव, आनन्दसागर, अनिरुद्र, दयानिधि, देवेश, ज्ञानेश्वर, कमलनाथ, श्रीकान्त, नन्दगोपाल, मयुर, महेन्द्र, लक्ष्मीकान्त, कुञ्जलोचन, उपेन्द्र, पद्मनाथ, पार्थसारथी, बालगोपाल, अरबिन्द, त्रिलोकीनाथ, गायचरैया, जगदिश्वर, देवेनद्र, जगन्नाथ, लड्डु, कन्हाई, श्याम, नन्दकिशोर, बच्चु, बासुदेव, दिनबन्धु, गोपाल, माखनचोर, अमृत, योगेश्वर रंगलाल, सरजनहार, कमलकिशोर, भुषण, अच्युतम, जगतगुरुम्, नागर र द्धारिकाधिस नामहरु गीतमा समाविष्ट गरिएका छन् । संगीतमय यो गीतिभजन अत्यन्तै सुमधुर रहेको छ । केहीदिनमै यसलाई सार्वजनिक गरिने वताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]