१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

रामबहादुर बमजनको घरबाट ३ करोड भन्दा वढी रुपैँया बरामद

Logo
संवाददाता जनचर्चा

काठमाडाैं, पुष २५ । प्रहरीको केन्द्रिय अनुशन्धन व्युरो (सीआईबी) ले राम बहादुर बमजनको घरबाट रु ३ करोड बढी रुपैँया बरामद गरेको छ । बुढानिकण्ठस्थित हात्तिगौडामा रहेको उनको घरमा प्रहरीले छापा मार्दा १६ वटा देशको मुद्रा सहीत कम्तीमा ३ करोड ३४ लाख रुपैँया बरामद गरेको हो । बमजनको घरवाट प्रहरीले दुईथान ल्यापटप, २० वटा मोबाइल सेट, १५वटा पेनड्राइभ अमेरीकी डलर थाई र क्यानेडियन मुद्रा बरामद गरेको हो ।

लिटिल बुद्ध नामले चिनिएका रामबहादुर बमजनलाई हत्या बलत्कार आफ्रनै आश्रमका अनुयायीलाई बेपत्ता पारेको आरोप लागेपछि उनी फरार भएका थिए । तर लामो समयपछि सीआईबीले बमजनलाई उनकै घरबाट पक्राउ मंगलवार पक्राउ गरेको छ । आफु पक्राउ हुने जानकारी पाएपछि वमजन घरको दुई तलाबाट हामफालेर भाग्ने कोशिस गरेपनि उनको यसपटकको भाग्ने कोशिसलाई प्रहरीले नाकाम पारेको हो ।
बमजनमाथि नुवाकोटकी कर्मा तामाङ, मकवनपुरकी फुलमाया रुम्बा, सुरेश आले, सर्लाहीकी रिता बोट र सञ्चमान बाइलालाई बेपत्ता पारेको आरोप लागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]