०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सन्दिप लामिछानेलाई अदालतले ८ बर्ष सजायको साथमा ५ लाख जरिवाना तोक्यो

ग्लोवल आइकन प्लेयर सन्दिप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ८ बर्ष सजाय तोकेको छ । साथमा ५ लाख जरिवाना समेत क्षतिपूर्ति जरिवाना गर्ने भनी फैसला भएको अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिएका छन् ।
Logo
निरज बस्नेत

सन्दिप लामिछाने

विराटनगर, पुष २५
ग्लोवल आइकन प्लेयर सन्दिप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ८ बर्ष सजाय तोकेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीस शिशिरराज ढकालको इजलासले यस्तो सजाय तोकिदिएको हो । साथमा ५ लाख जरिवाना समेत क्षतिपूर्ति जरिवाना गर्ने भनी फैसला भएको अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीस शिशिरराज ढकालको इजलासले यस्तो सजाय तोकिदिएको हो । यसअघि पुष १३ गते अदालतले सन्दिपलाई जवरजस्ती करणीमा दोषी ठहर गरेको थियो । जसअनुसार बुधवार , आज अदालतले सन्दिपलाई सजाय सुनाएको हो ।

सन्दिपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतले ठहर गरेको छ । फैसलामा , लेखिएको छ , १८ बर्ष उमेर पुगेको परिवर्तित नाम गौशाला २६ का बीचमा करणी भएको देखियो , फैसलामा लेखिएको छ , गौशला २६ को नाजुक अवस्थाको फाइदा उठाई करणी भएको देखिदा सहमतीको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दिप लामिछानेले मुलुकी अपराध संहीता २०७४ को दफा २१९(१ , २ र ३) (ङ) बमोजिम कसुर ठहर गरेको छ ।

पुष ८ देखी लगातार अन्तिम सुनुवाइ भएको मुद्दाको फैसलामा पक्ष र विपक्षका बयान , साक्षीका बयान र घटना विवरण , सीसीटीभी फुटेजका आधारमा गौशला २६ र सन्दिप लामिछानेले काठमाडौंदेखी आएर होटलको एउटै कोठामा बसेको फैसलामा उल्लेख छ । एउटै काठामा बसेको अवस्थामा सन्दिपले बलात्कार गरेको ठहर अदालतले गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]