१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बखरीमा ३ दिने क्षमता विकास तालिम सञ्चालन

Logo
राम खत्री

विराटनगर,पुष २७ । विराट टेक्निकल म्यानेजमेन्ट इन्स्टिच्युट प्रा. लि.ले विराटनगर १२ स्थीत बखरी आधारभुत बिद्यलयमा महिला तथा बालबालिकाहरुलाई क्षमता विकास तालिम संचालन गरेकाे छ । विराटनगर वडा नं १२ को सहयोगमा पुष २६ गते देखि शुरु भएकाे उक्त तालिम ३ दिनसम्म चेल्नेछ ।

विराट टेक्निकल म्यानेजमेन्ट इन्स्टिच्युट प्रा. लि का प्रबन्धक जगनाथ रायका अनुसार ३ दिने क्षमता विकास तालिमको मुख्य उदेश्य समाजमा हुने महिला तथा बालबालिका हिंसालाई न्युनीकरण गर्ने रहेकाे छ । हिंसा गर्ने वा गराउन उकास्नेलाई कानुनी दायरामा ल्याउने र तालिमको माध्यमवाट महिला शसक्तिकरण गर्ने ध्यय समेत रहेकाे छ । बालबिवाह, बालश्रम, बालयौन हिंसा जस्ता सामाजमा रहेको विद्यामान समस्यालाई हुनै नदिनका निम्ती महिला तथा बालबालिकालाई तालिमको माध्यमबाट जागरुक गराउने समेत उदेश्य रहेको रायले बताए । तालिम प्रभावकारीतको बारेमा प्रवन्धक राय भन्छन्, “बालबालिको उत्साहजनक सहभागी र प्रशिक्षणको क्रममा जुन वालवालिकाहरुले आफ्नो क्षमता र प्रतिभा देखाउँदै हुनुहुन्छ , त्यसलाई हेर्दा ८० प्रतिशत कार्यक्रम प्रभावकारी भएको छ।” साथै समुदायले पनि यस्ता तालिमको बिषयमा सकरात्मक प्रतिक्रिया दिएको उनी बताउँछन् ।
यस तालिमका प्रशिक्षक दिपक कुमार खड्काको अनुसार कार्यक्रमको पहिलो दिन घरेलु हिंसा र लागुपदार्थ दुर्व्यासनी वारेमा सहभागीहरुलाई जानकारी तथा सचेत गराइएको थियो । तालिमका दोस्रो दिन विवाह सम्बन्धी अपराधहरु वहुविवाह, वालविवाह, जवरजस्ती विवाह र ढाटी विवाह र महिला हिंसाको कारण,असर र समधानको बारेमा प्रशिक्षण गराइएको छ । कार्यक्रमको अन्तिम दिन बाल अधिकार, मानव बेचबिखन ओसार पसार र यसको न्युनिकरण वारे प्रशिक्षण गराइने खड्काले  जानकारी दिएका छन्  तालिमलाई प्रभाकारी वनाउनका लागि प्रशिक्षणको बिषयवस्तुमा आधारित भिडियो देखाउने, सामुहिक कार्य गर्ने, तालिममा पश्न उत्तर गर्ने र समुह वनाएर छलफल गरी टिमलिडरले त्यसलाई प्रस्तुत गर्ने गरेका कुरा प्रशिक्षक खड्काले बताए ।
साे तालिमलाई वडा नं. १२ का वडा अध्यक्ष हिरालाल कामतले सहजीकरण गर्नुको साथै दैनिक सुपरीवेक्षण गर्दै आएका छन् ।  बालबालिकाले तालिम अवधीमा सिकेका कुराहरुलाई तालिमको अन्तिममा सोध्नुका साथै उनीहरुसँग कामतले छलफल गर्ने गरेका छन् । बालबालिकासँग घुलमिल हुने हुदाँ बालबालिकाहरु पनि आफ्नो मनमा लागेका कुरा वडा अध्यक्षसँग निर्धक्क वताउने गरेका छन् । सार्वजानिक विदाको दिनपनि वडा अध्यक्ष कामत तालिमको जानकारी लिन तालिम भइरहेको स्थान बखरी आधारभुत बिद्यालय पुग्ने गरेका छन् ।
विराट टेक्निकल म्यानेजमेन्ट इन्स्टिच्युट प्रा. लि. ले संचालन गरेको क्षमता विकास तालिममा बखरी आधारभुत विद्यालय, जनता आधारभुत विद्यालय र जनता बालकल्याण आधारभुत बिद्यालयका ३५ जना बालबालिका सहभागी भएको बखरी आधारभुत विद्यालयका प्रधानध्यापक गोविन्द गजुरेलले बताए ।
आर्थिक वर्ष ७९/८० मा देखि कम्पनीको रुपमा दर्ता भएर संचालनमा आएको विराट टेक्निकल म्यानेजमेन्ट इन्स्टिच्युट प्रा. लि. ले स्थानिय सरकारहरुसँग समन्वय गरेर समाजमा भएको बेरोजगार जस्तो समस्याको समधान गर्न युवालहरुलाई सीप सिकाउने र आत्मनिर्भर बनाउने लोककल्याणकारी काम गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]