१६ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

देशैभरि घन्कियाे “राजतन्त्र जिन्दावाद, गणतन्त्र मुर्दावाद” काे नारा

Logo
संवाददाता जनचर्चा

विराटनगर, पुष २९। ३०२औं पृथ्वी जयन्ती मनाउने क्रममा “राजतन्त्र जिन्दावाद, गणतन्त्र मुर्दावाद” काे नारा घन्किएकाे छ । बल्लभप्रसाद दाहाल अध्यक्ष रहेको एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले शुक्रबार विराटनगरमा पृथ्वी जयन्ती मनाउन निकालेकाे र्‍यालीमा साे नारा घन्किएकाे हाे । विराटनगरमा मात्र नभएर देशकाे विभिन्न स्थानहरुमा निकालिएकाे र्‍यालीहरुमा जनताहरु स्वतस्फुर्तरुपमा सहभागी भई राजतन्त्रकाे पक्षमा नारा लगाएकाे आयाेजक सदस्य पुष्पराज दाहालले जानकारी दिए ।

“हामीले राजतन्त्रकाे पक्षमा नारा लगाउने निधाे गरेका थियाैं, गणतन्त्रका विपक्षमा नारा लगाउने निधाे गरेका थिएनाैं” दाहाल भन्छन् “तर जनताहरु पम्प्लेटसहित स्वतस्फुर्त रुपमा ओर्लिएर गणतन्त्रकाे विपक्षमा नारा लगाउदा हामी आफै पनि छक्क पर्याै ।” गणतन्त्रले विकास गरेकाे चरम भ्रष्ट्रचार, दलालीपन, बेथिती, अनियमितता,  विभेद, नातावाद  र कृपावादका कारण जनताहरु आजित भएकाले जनताहरु आफै गणतन्त्रविरुद्ध ओर्लिन थालेकाे दाहालकाे बुझाई छ ।

राजसंस्था फर्काउन चैतदेखि दाहाल नेतृत्वकाे एकीकृत राष्ट्रिय संघर्ष समिति आन्दोलनमा जुटेकाे छ । शुक्रवारकाे र्‍यालीमा जनता  स्वतस्फुर्तरुपमा सहभागी भई नारा लगाउदा कार्यक्रम सफल भएकाे आयाेजकले अनुभूती गरेकाे छ । 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]