१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
Gold Silver Price (Baishak 14, 2083, Mon)
Fine Gold 1 Tola NRs. 301000
Silver 1 Tola Nrs. 5060

दाता विरामी हुँदा पनि राेकिएन वितरण कार्यक्रम

गाेयलकाे अनुपस्थितीमै शुक्रवार १४ परिवारलाई खाद्यसामग्री र शनिबार ६० जनालाई कम्बल वितरण
Logo
खेम पाैडेल

विर्तामाेड,पुष २९। विराटनगर निवासी समाजसेवी दीनबन्धु गोयलले झापाको भद्रपुर स्थित “ओमप्रकाश गोयल कोलोनी”का परिवारलाई खाद्यसामग्री प्रदान गरेका छन् ।
उनले शुक्रबार कोलोनीमा बसोबास गर्दै आएका १४  परिवारका लागी माघेसंक्रान्ति मनाउन खाद्यसामग्री वितरण गरेका हुन् ।

स्वास्थ्यमा समस्या आएका कारण गाेयल स्वयम् भने वितरण कार्यक्रममा उपस्थित हुन सकेनन् । गाेयल नआउने भएपछि खाद्यसामग्री वितरण कार्यक्रम करिब करिब स्थगननै हुने अवस्थामा पुगेकाे थियाे । तर गाेयलले “मलाई नामभन्दा काम मतलब छ” भनेपछि उनकाे अनुपस्थितीमै निर्धारित मितीमै वितरण कार्यक्रम हुन पुग्याे । गोयलका प्रतिनिधिका रूपमा  गौतमबुद्ध स्कुलका प्रधानाध्यापिका जयन्ती मानी र समाजसेवी सजल कुन्डुले  खाद्यसामग्री वितरण गरेका थिए । कार्यक्रममा प्रति परिबार चामल २५ किलाे, मसुरो दाल ३ किलाे, आलु ५ किलाे, नुन ५ किलाे, सखर ३ किलाे र भुजा किलो प्रदान गरिएकाे थियाे । त्यस्तै तोरीको तेल २ लिटर, सोयाबिन १ प्याकेट र नगद ५ सय पनि प्रदान गरिएको थियो ।

समाजसेवी गाेयलले नै गत वैशाखमा  १ कराेड खर्चेर ”ओमप्रकाश गाेयल काेलाेनी” निर्माण गरेका थिए । स्वर्गीय दाजु ओमप्रकाशकाे नाममा समाजसेवी गाेयलले साे काेलाेनी निर्माण गरेका थिए । नगरपालिकाको समन्वयमा उक्त स्थानलाई समेत ओम गोयल कोलोनी मार्ग नामकरण गरिएको छ । साे कार्यक्रम वडाध्यक्ष रतिया राजवंशीका अध्यक्षतामा सम्पन्न भएको थियो ।

शनिबार पनि गाेयलले सुनसरी छिटाहाका ६० घर ऋषिदेव परिवारका महिला तथा वृद्धहरुलाई अम्बे मुरारी सेवा केन्द्रमार्फत ६० थान कम्बल वितरण गरेका थिए ।
पछिल्लाे समय तराईमा सित लहरसँग जाडाे बढेपछि अम्बे मुरारी सेवा केन्द्रले साे ऋषिदेव बस्तीमा कम्बल वितरण गर्ने निधाे गरेकाे थियाे । गाेयलकाे सहयाेगमा स्राेत जुटाउन सफल भएकाले केन्द्रले दातालाई धन्यवाद समेत व्यक्त गरेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]