१५ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

माई मेलामा भक्तजनको घूँइचो

नेपाल तथा भारतका विभिन्न ठाउँबाट यहाँ पुगेका दर्शनार्थीहरुले माई खोलामा स्नान गरी नजिकै रहेको देवालयमा गई भक्तिपूर्वक पूजाआजा गरेका थिएँ ।
Logo
निरज बस्नेत प्रकाशित मंगलबार, माघ ०२, २०८०

कन्काई, झापा
झापाको कन्काई पुल आसपासमा लाग्ने माई मेलामा सोमवार , १ गते हिजो निकैनै चहलपहल भएको थियो । कन्काई नगरपालिका वडा नं. १० मा अवस्थित रहेको कन्काई पुल मुनि विशेषतः भक्तजनको बाक्लो भीडभाड देखिन्थ्यो ।

नेपाल तथा भारतका विभिन्न ठाउँबाट यहाँ पुगेका दर्शनार्थीहरुले माई खोलामा स्नान गरी नजिकै रहेको देवालयमा गई भक्तिपूर्वक पूजाआजा गरेका थिएँ । यहाँ दर्शन गर्नाले , मनले चिताएको पूर्ण हुने जनविश्वास रहँदै आएको छ ।

यस माई मेलामा कटहरी २ आदर्शनगरका सूर्यनारायण राजवंशी पनि १ गते पुगेका थिएँ । ४ जना साथीहरु मिलेर माई पुगेको बताउँने राजवंशीले माई खोलामा स्नान गरी खोला नजिकै रहेको शक्तिपीठमा पूजाआजा भक्तिपूर्वक गरेको बताएँ । त्यस्तैगरी , सूर्यसँगै गएका उनका दौंतरी कटहरी २ नै घर भएका अमरेन राजवंशी पनि माईमेलामा पुग्दा औंधी रमाएको बताउँछन् ।

अमरेन भन्छन् , मलाई त त्यहाँ मेलामा खुवै रमाइलो लाग्यो । यी त केही प्रतिनिधि पात्र मात्रै भएँ । वास्तवमै माई मेलामा प्रत्येक वर्षको माघ १ मा विशेषनै हुने गर्दछ । यहाँका शक्तिपीठका पुजारीहरु एउटै स्वरमा भन्छन् , यहाँस्थित माई खोलामा सफा मनले स्नान गरी यहाँ रहेको देवालयमा भक्तिपूर्वक पूजाआजा गर्दा वास्तवमै मनले चिताएको पूर्ण हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]