१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

माई मेलामा भक्तजनको घूँइचो

नेपाल तथा भारतका विभिन्न ठाउँबाट यहाँ पुगेका दर्शनार्थीहरुले माई खोलामा स्नान गरी नजिकै रहेको देवालयमा गई भक्तिपूर्वक पूजाआजा गरेका थिएँ ।
Logo
निरज बस्नेत

कन्काई, झापा
झापाको कन्काई पुल आसपासमा लाग्ने माई मेलामा सोमवार , १ गते हिजो निकैनै चहलपहल भएको थियो । कन्काई नगरपालिका वडा नं. १० मा अवस्थित रहेको कन्काई पुल मुनि विशेषतः भक्तजनको बाक्लो भीडभाड देखिन्थ्यो ।

नेपाल तथा भारतका विभिन्न ठाउँबाट यहाँ पुगेका दर्शनार्थीहरुले माई खोलामा स्नान गरी नजिकै रहेको देवालयमा गई भक्तिपूर्वक पूजाआजा गरेका थिएँ । यहाँ दर्शन गर्नाले , मनले चिताएको पूर्ण हुने जनविश्वास रहँदै आएको छ ।

यस माई मेलामा कटहरी २ आदर्शनगरका सूर्यनारायण राजवंशी पनि १ गते पुगेका थिएँ । ४ जना साथीहरु मिलेर माई पुगेको बताउँने राजवंशीले माई खोलामा स्नान गरी खोला नजिकै रहेको शक्तिपीठमा पूजाआजा भक्तिपूर्वक गरेको बताएँ । त्यस्तैगरी , सूर्यसँगै गएका उनका दौंतरी कटहरी २ नै घर भएका अमरेन राजवंशी पनि माईमेलामा पुग्दा औंधी रमाएको बताउँछन् ।

अमरेन भन्छन् , मलाई त त्यहाँ मेलामा खुवै रमाइलो लाग्यो । यी त केही प्रतिनिधि पात्र मात्रै भएँ । वास्तवमै माई मेलामा प्रत्येक वर्षको माघ १ मा विशेषनै हुने गर्दछ । यहाँका शक्तिपीठका पुजारीहरु एउटै स्वरमा भन्छन् , यहाँस्थित माई खोलामा सफा मनले स्नान गरी यहाँ रहेको देवालयमा भक्तिपूर्वक पूजाआजा गर्दा वास्तवमै मनले चिताएको पूर्ण हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]