०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

अयाेध्यामा प्राणप्रतिष्ठाका दिन विराटनगरमा उत्सवकाे तयारी

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, माघ ०४, २०८०

विराटनगर, पुष ४ । भारतको अयोध्यामा निर्माण गरिएकाे विश्व चर्चित रामको मन्दिरमा प्राणप्रतिष्ठा गर्ने दिन विराटनगरका विभन्न संघसंस्थाहरुले भव्य रुपमा सामुहिक दीप प्रज्वलन गर्ने भएका छन् । साे  मन्दिरमा जवनरी २२ तारिक रामको बाल स्वरुप नयाँ मुर्ति प्राणप्रतिष्ठा गरिँदैछ । प्राण प्रतिष्ठाको दिन विराटनगरको हिन्दु स्वयंसेवक संघ नेपाल,न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल, झिः पुच विराटनगर, न्युरो बंग्लामुखि सोसाईटी, ब्रह्मकुमारी राजयोग केन्द्र र नागरिक समाजले दिप प्रज्वलन लगाएत विभन्न धार्मिक कार्यक्रम गर्न लागेका हुन् ।

उनीहरुले बुधबार न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलमा  पत्रकार सम्मेल गरी साे अवसरमा सबैकाे घरमा दिप प्रज्वलन र भजन कृतन गर्न आग्रह समेत गरेका छन् । साेही अवसरमा न्युरो हस्पिटलले लक्ष्मी नारायण मन्दिरका वटुकाको स्वस्तीवाचनसँगै साँस्कृतिक नृत्य समेत गराउने भएकाे छ । कार्यक्रममा बाेल्दै न्युराेका संचालक डा‌‍ विरेन्द्र विष्टले साईन्सबाट हुने सबै उपचार डाक्टरले गर्ने तर उपचारपछि त्यस शरिरमा प्राण दिने काम भागवानले गर्ने भएकाले अस्पतालसँगसगै समाजमा मठ-मन्दिरकाे आवश्यकता पनि उत्तिकै रहेकाे औलाए ।

हिन्दु स्वयम् सेवक संघ नेपालका प्रतिनिधि महेन्द्र शाहले तनमा चाेट लागे अस्पताल, मनमा चाेट लागे मन्दिर चाहिने भएकाले मन्दिर समाजकाे अपरिहार्य संरचाना रहेकाे बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]