१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
Gold Silver Price (Baishak 14, 2083, Mon)
Fine Gold 1 Tola NRs. 301000
Silver 1 Tola Nrs. 5060

“दाज्जु” चिया पसलमा गोरुको ईन्ट्री

Logo
राम खत्री

विराटनगर, माघ ०८ । विराटनगरको सर्वाधिक लोकप्रिय आधुनिक चिया घर “दाज्जु”मा गोरुको ईन्ट्री भएको छ । तर यो गोरु कुनै प्राकृतिक प्राणी हैन कन्क्रिटले बनेको मुर्ति होे । दाज्जुले भर्खरै भित्र्याएको सो गोरु अहिले ग्राहकको लागी मुख्य आकर्षण बनीरहेको छ ।

सो गोरुलाई पसलको क्यास काउण्टरसँग जोडिएको छ । झट्ट हेर्दा गोरुले काउण्टरलाई तानि रहेकोजस्तो देखिन्छ, जुन अधिकनै आकर्षक छ । पछिल्लो समय रेष्टुरेण्टलाई स्तरोन्नति गर्ने क्रममा गोरु भित्र्याईएको दाज्जुका सह संचालक सुमन खड्काले जानकारी दिए । “हामी जहिले पनि ग्राहकलाई खुसी र उत्साहित देख्न चाहन्छौं, त्यसका लागी रेष्टुरेण्टभित्र हाम्रो टिमले विभिन्न रोचक कामहरु गरिरहेको हुन्छ । यो गोरुपनि टिमको एउटा रचना हो। ” खड्का भन्छन् । समग्र रेष्टुरेष्ट स्तरोन्नति गर्न विगतको एक वर्षमा १५ लाखभन्दा बढी खर्च भएको खड्काले बताए । सो रकमले गोरु–काउण्टर, ब्याकर्याड क्याफेटेरीया, फ्रन्टलुक ईन्हान्समेन्ट तथा छुट्टै पार्किङ स्थल निर्माण गरेको खड्का बताउँछन् ।गोरु–काउण्टर निर्माण गर्न मात्र झण्डै पाँच लाख खर्च भएको खड्काकाे भनाई छ । सो गोरुको परिकल्पनाकार समेत स्वयम् खड्कानै रहेका छन् । ईन्जिनियर सरोज गौतमले खड्काको कल्पनाको गोरुलाई मुर्तरुप दिन प्राविधिक सहयोग गरेका छन् । सो गोरुको डिजाईन तयार पार्नलाई मात्र ६ महिनाको समय लागेको खड्का बताउँछन् । “डिजाईन मेरो आफ्नै हो, रिफरेन्सको लागी विभिन्न पेन्टिङ, आर्ट र ईन्टरनेटमा डिजाईनहरु हेरे” खड्काले भने “रिफरेन्सहरु हेरेर स्केचहरु बनाउन थाले, स्केच बनाउन शुरु गर्दा छिट्टै सकिएलाजस्ता लागेको थियो तर बनाउँदै जादाँ आधा वर्षै नै लाग्यो।”

आहिले दाज्जुको चिया पसल विराटनगरकै सर्वोत्कृष्ट आधुनिक चिया पसलको रुपमा स्थापीत छ । गुणस्तर, स्वाद, हाईजिन, कस्टमर–फ्लो, सर्विस र मुल्यलाई आधारभुत मापदण्ड मानेर र्याकिङ गर्ने हो भने दाज्जुको चिया पसललाई देशकै उत्कृष्ट चिया पसल मध्यको एक मान्न सकिन्छ । यँहा कुक, हेल्पर र वेटर गरेर प्रत्यक्षरुपमा १६ जना कामदारले रोजगार पाईरहेका छन् ।
दाज्जुले अहिले चिया मात्र १५ प्रकारको बनाईरहेको छ,ती मध्ये मट्का चिया अतिनै लोकप्रिय छ । निम्की, फ्रेन्चफाई, स्याण्डविच, बर्गर र हट–डग दाज्जुको अत्याधिक विक्ने परिकारहरु हुन् । यँहा पाईने चिया तथा सबै खानेकुराहरुमा दाज्जुले आफ्नो गोप्य रेसिपी तथा कुकिङ टेक्निक प्रयोग गर्ने भएकाले अरु ठाँउमा यो स्वाद नपाईने दाज्जुको दावी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]