०२ आषाढ २०८३, मंगलबार
16-06-2026 , Tue
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

हाईसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

Logo
जनचर्चा संवाददाता

सुनसरी, माघ १०
सुनसरीको धरान उपमहानगरपालिका ८ स्थित भोटेपुलमा हाईसको ठक्करबाट एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका १५ बस्ने ४६ बर्षीय शम्भु दर्जी रहेका छन् । मंगलबार दिउसो २ बजे इटहरीबाट धरान तर्फ जादै गरेको ना१ज ७१२१ नम्बरको हाईस गाडीले बाटो क्रस गर्दै गरेको को६प ५६०३ नम्बरको मोटरसाईकल र को ३२ प ८६६१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भिर घाईते भएका मोटर साईकल चालक दर्जीको उपचारको लागी घोपा धरानमा पुर्‍याउन साथ मृत्यु भएको थियो  भने स्कुटर चालक सोही स्थान ८ बस्ने ४४ बर्षीय सुरज गजमेर सामान्य घाइते भएका छन् । दुर्घटनामा संलग्न हाईस गाडी, चालक सप्तरी सुरुङ्गा ८ बस्ने २८ बर्षीय तेज नारायण सदा इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धना थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]