१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

भाटभटेनीको हकमा पूरानै फैसला सदर

दुई बर्ष अघि सर्वोच्च अदालतले अभियोग ठहर गरेको फैसलामा भाटभटेनी पुनरावलोकनमा गएतापनि अन्तत ः सर्वोच्चले पूरानै फैसलालाई सदर गरेको छ । भाटभटेनी सुपरमार्केटले नक्कली भ्याट बिलबाट करछली गरेको भन्दै कर प्रशासनले निर्धारण गरेको कर सर्वोच्चको पुनरावलोकनबाट समेत ठहर भएको छ ।
Logo
निरज बस्नेत

विराटनगर, माघ १९
दुई बर्ष अघि सर्वोच्च अदालतले अभियोग ठहर गरेको फैसलामा भाटभटेनी पुनरावलोकनमा गएतापनि अन्तत ः सर्वोच्चले पूरानै फैसलालाई सदर गरेको छ । भाटभटेनी सुपरमार्केटले नक्कली भ्याट बिलबाट करछली गरेको भन्दै कर प्रशासनले निर्धारण गरेको कर सर्वोच्चको पुनरावलोकनबाट समेत ठहर भएको छ ।

अव फैसला सदरसँगै भाटभटेनीले राज्यलाई १ अर्व ४७ करोड रुपैयाँ कर तिर्नुपर्ने भएको छ । कर तथा जरिवाना र त्यसमा बर्षेनी थपिदै जाने ब्याजका कारणले गर्दा भाटभटेनीले अव सरकारलाई १ अर्व ४७ करोड रुपैयाँ बुझाउनुपर्ने देखिएको छ । २०७६ सालमै दोषी ठहर भएलगतै तिरेको भए पछिल्लो ४ बर्षमा थपिने ब्याज न्युन हुनेथियो । तर भाटभटेनी पुनरावलोकनमा गएका कारण अतिरिक्त करोडौंको भार थपिएको हो । भ्याटमा थप निर्धारण र ब्याज जोडेर आउने रकममा बर्षेनी थप दस्तुर लाग्छ ।

आयकरमा थप निर्धारणमा बर्षेनी १५ प्रतिशत ब्याज लाग्छ । संवत् २०६४ सालदेखी लगातार ४ बर्षमा भाटभटेनीले नक्कली भ्याट विलको प्रयोगबाट करछली गरेको आन्तरिक राजश्व विभागको अनुशन्धानबाट खुलेको छ । पुनरावलोकनको जालोमा भाटभटेनी भास्सिदा सावाँभन्दा ब्याज र जरिवानाको भार बोक्न बाध्य भएको देखिन्छ । अहिले यस्तै प्रकृतिका केही  मुद्दा अदालतमा विचाराधीन अवस्थामा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]