१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

दल दर्ता नगराए नेकपाले उपनिर्वाचनमा भाग लिन नपाउने

दल दर्ता गराउन आयोगको आह्वान
Logo

काठमाडौं, भाद्र १६
निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको लागी दल दर्ता गराउन आह्वान गरेको छ । आयोगले सोमबार सूचना जारी गर्दै नयाँ दललाई दर्ता हुन आह्वान गरेको हो। दल दर्ताका लागी आयोगले भदौ मसान्तसम्मको समय दिएको छ । यो अवधिमा निर्वाचनमा सहभागी हुन चाहने दलले लेखा परीक्षण लगायतका आवश्यक कागजात पेस गरेर दर्ता प्रक्रियामा सहभागी हुन आयोगले भनेको छ ।
नेपालको संविधान अनुसार निर्वाचन पूर्व दल दर्ता गर्नुपर्ने व्यवस्था छ । आयोगका अनुसार, यस अघिको निर्वाचनमा सहभागी नभएका नयाँ दलले मात्र दर्ता गराउनु पर्ने छ । सहभागी भइसकेका दलले भने उपनिर्वाचनमा सहभागिताका लागि दल दर्ता गर्नुपर्दैन ।
आयोगका अनुसार एमाले र माओवदादी मिलेर बनेको नेकपाले पनि नँया दल दर्ता गराउनु पर्ने हुन्छ । त्यस्तै दुई वा दुईभन्दा बढी पार्टि मिलि नँया पार्टि बनाएका सबैले दल दर्ता गराउनु पर्ने हुन्छ ।
०७४ मा निर्वाचनबाट तिनै तहमा जनप्रतिनिधि पाएपनि विविध कारणले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५० स्थानहरू हाल रिक्त छन् । यदि कुनै कारणले जनप्रतिनिधि रक्त भए, त्यसँ ठाउमा उपनिर्वाचन गराउनु पर्ने संवैधानिक व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]