०२ आषाढ २०८१, शनिबार
15-06-2024 , Sat

हरिणको सिंङ सहित महिला पक्राउ

Logo
संवाददाता जनचर्चा प्रकाशित बुधबार, माघ २४, २०८०

मोरङ, माघ २४। मोरङको रंगेली नगरपालिका-७ स्थितबाट हरिणको सिंङ र लागुऔषध गाँजा सहित एक जना माहिला पक्राउ परेकी छिन् । हिजो दिउँसो बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली-७ निचामारी टोल बस्ने ५५ बर्षीया सागर देवी यादवको घर खानतलासी गर्दा घरमा लुकाई छिपाई राखेको ४ थान हरिणको सिंङ र १ किलो ६९७ ग्राम गाँजा वरामद गरेको हो । अवैधरुपमा हरिणको सिंङ र गाँजा वरामद भए संगै पक्राउ परेकी सागर देवी यादवको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,३१ जेठ । राजा र हिन्दु राष्ट्रको वकालत गर्दै आएको एकीकृत राष्ट्रिय संघर्ष समितिकाे अगुवाईमा विराटनगरका स्थानीयले राजा महेन्द्र वीरविक्रम शाहदेवको १०५ औं जन्मजयन्ती मनाएका छन् । समितिका केन्द्रीय अध्यक्ष बल्लभप्रसाद दाहालको अध्यक्षतामा भएको साे जन्मउत्साेव कार्यक्रममा सयौ आम नागरिकहरुकाे उपस्थिती रहेको थियो । कार्यक्रममा राजावादी नेताहरु बद्री मण्डल, जीतबहादुर अर्जेल लगायतले राजतन्त्र र राजा […]

 जेठ ३१,विराटनगर ।  विगत १२ महिनामा औसत वैश्विक तापक्रम रेकर्ड उचाइमा पुगेको र यो अभूतपूर्व रहेको नासाको विश्लेषणले देखाएको छ । ‘हामीले जलवायु सङ्कटको सामना गरिरहेका छौँ भन्ने स्पष्ट छ’, नासाका प्रशासक बिल नेल्सनले एक समाचार विज्ञप्तिमा भने, ‘विश्वभरका समुदायहरूले अभूतपूर्व सङ्ख्यामा प्रत्यक्षरूपमा अत्यधिक गर्मी महसुस गरिरहेका छन् ।’ पछिल्लो १२ महिनाको औसत विश्वव्यापी तापक्रम […]

विराटनगर, २९ जेठ / विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर वृद्धि गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले प्रधानाध्यापकहरूसित कार्यसम्पादन करार सम्झौता गरेको छ । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा सोमबार भएको कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसित कार्यसम्पादन सम्झौता गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सामुदायिक विद्यालयप्रति पछिल्लो समय अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको भन्दै खुसी […]