०५ बैशाख २०८३, शनिबार
18-04-2026 , Sat
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

वीरगञ्जमा कर्फ्यू

हिन्दू समाजको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति भएको भन्दै कर्फ्यू
Logo
संवाददाता जनचर्चा

पर्सा,७ फाल्गुन । तराइका जिल्लाहरुमा पछिल्ला समय धार्मिक झगडा तथा साप्रदायिकता बढेको देखिएको छ । यसैक्रममा जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

सोमबार बेलुकी ५ बजेदेखि जिल्ला प्रशासन कार्यालय पर्साले पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो । कर्फ्यू आदेश जारी गरेको ठाउँमा हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेला हुन लगायतका उच्छृङ्खल गतिविधि गर्नमा रोक लगाइएको छ। हिन्दू समाजको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति भएको भन्दै कर्फ्यू आदेश जारी गरिएको सूचनामा उल्लेख छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]

वैशाख २, काठमाडाै, २०८३ । इरानको नियन्त्रणमा रहेका उदयपुरका अमृत झा बुधबार रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले रिहाइको पुष्टि गर्दै इरानस्थित कन्सुलरसँग समन्वय भइरहेको जानकारी दिएका छन्। दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’को जहाजमा क्याप्टेनको रूपमा कार्यरत झा इन्धन लिन इरान पुगेका थिए। दुबई फर्किने क्रममा इजरायल-अमेरिका र इरानबीच तनाव बढेपछि उनी नियन्त्रणमा परेका […]