२५ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

इलाम , बझाङ , उपनिर्वाचन वैशाख १५ मा

एमाले नेता सुवास नेम्वाङको मृत्यु पश्चात् रिक्त रहेको इलाम २ मा आगामी बैशाख १५ गते उपनिर्वाचन हुने भएको छ ।
Logo
निरज बस्नेत प्रकाशित आइतबार, फाल्गुण १३, २०८०

विराटनगर, फागुन १३
एमाले नेता सुवास नेम्वाङको मृत्यु पश्चात् रिक्त रहेको इलाम २ मा आगामी बैशाख १५ गते उपनिर्वाचन हुने भएको छ । सो कुराको जानकारी निर्वाचन आयोगले दिएको छ । आयोगका अनुसार बझाङ १ प्रदेश सभा मा पनि यसै दिन १५ बैशाखकै दिन उपनिर्वाचन हुनेछ ।

बझाङ १ प्रदेश का निर्वाचित सांसद पृथ्वीबहादुर सिंहको निधन भएका कारण उपनिर्वाचन हुन लागेको हो । सिंह कांग्रेसबाट निर्वाचित सांसद थिएँ भने नेम्वाङ एमालेबाट निर्वाचित सांसद थिएँ । संविधानसभा अध्यक्ष समेत रहेका इलामका नेम्वाङको गत २६ भदौमा मृत्यु भएको थियो ।

यता सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री समेत रहेका सिंहको गत ५ असारमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो । त्यस्तैगरी २ दर्जन स्थानीय तहमा पनि उपनिर्वाचन गर्नुपर्ने देखिन्छ । स्थानीय तहको निर्वाचन मिति भने सरकारले तोक्ने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]