२७ कार्तिक २०८२, बुधबार
12-11-2025 , Wed
Gold Silver Price (24 Kartik 2082, Mon)
Fine Gold 1 Tola NRs. 242000
Silver 1 Tola Nrs. 3080

विराटनगरमा भ्याट लुकाएर कारोबार

नक्कली बिलको प्रयोग पनि बढ्यो
Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, फाल्गुण १४, २०८०

विराटनगर, फागुन १४
विराटनगरका उद्योगी तथा व्यवसायीहरुले विभिन्न तारिकाले राजस्व छल्ने गरेको पाईएको छ । विशेषगरी वस्तु बिक्रि गर्दा भ्याट बिलको सट्टा ईस्टिमेट तथा सादा विल दिएर उनीहरुले राजस्व छल्ने गरेको पाईएको छ । कतिपय व्यवसायीहरुले विक्रि मुल्यभन्दा धेरै कमको विल दिएर राजस्व छल्ने गरेको प्रमाणहरु पनि फेला परेका छन् ।

केही व्यापारीहरुले पछिल्लो समय भ्याटविल समेत नक्कली दिने गरेको पाईएको छ । विशेषगरी खुद्रा उपभोक्ताहरुले भ्याट क्लेम नगर्ने हुनाले विक्रेताले एउटै नम्बरको दुईवटा विल वा फर्जि विल बनाएर राजस्व छल्ने गरेको पाईएको हो । कतिपय व्यापारीहरुले भ्याट र प्यान दुवैमा फर्मदर्ता गरी अधिकतम विलहरु प्यानविल मार्फत कटाउने समेत गरेका छन् । राजस्व विभागका अनुसार हाल विराटनगरको १ सय २६ वटा फर्महरुमा नक्कली बिलसम्बन्धि जाचबुझ भईरहेको छ ।

यस्ता सादा तथा फर्जी विल प्रयोग गर्नेहरूले राजस्वमा विवरण पनि गलत पेश गर्ने गरेका छन् । फर्जी विवरणका कारण घटेको स्टकलाई मिलाउन उनीहरुले भुक्तानी बुझेभन्दा कम रकममा बिल दिने गरेको पाईएको छ । यस्तो फिर्जी विवरण मिलाउनसमेत उनीहरुले भित्रीया  लेखापाल समेत राखेका हुन्छन्, भित्रियाले सबै हिसाबकिताब मिलाएपछि मात्र अन्तिम परिक्षणका लागी व्यापारीहरुले विवरणहरु अडिट फर्ममा पठाउने गरेका छन् ।
यस्ता फर्जी काम गर्ने व्यवसायीहरुलाई राज्यको निकायले पहिचान गरी कारवाही गर्ने जरुरी देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं,२४ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गठनहरूलाई राजनीतिक दलका भातृ वा शुभेच्छुक संस्थाको रूपमा मान्यता नदिने महत्त्वपूर्ण निर्णय गरेका छन्। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी गराएका हुन् । संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउन पुनर्गठन गर्न आह्वान गरिएको छ। साथै संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र […]

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]