११ कार्तिक २०८२, सोमबार
27-10-2025 , Mon
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

“जहाँ छन् बुद्धका आँखा”का गातकार आचार्यको निधन

भारतीय गायक पंकज उदासको पनि मृत्यु
Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, फाल्गुण १५, २०८०

काठमाडौं, १४ फागुन । भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ। उहाँको आइतबार ८१ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाने क्रममा उहाँको बाटोमै निधन भएको हो ।

उनका हजार सपनाहरुको, जति चोट दिन्छौँ, मुटु जलिरहेछ, जहाँ छन् बुद्धका आँखा, माया मेरी साँझ बिहान, लगायत गीतहरु निकै चर्चित छन्।

२०४६ साल मंसिर १९ गते दुर्घटनामा परेपछि  उनले स्वर गुमाएका थिए   । त्यसयता उनी ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेका थिए । आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् ।

यस्तै भारतीय गायक पंकज उदासको मृत्यु भएको छ। सोमबार ७२ वर्षको उमेरमा उनको मृत्यु भएको हो। मृत्युको खबर उनका छोरा नायबले सामाजिक सञ्जालमार्फत दिएका हुन्। पंकज लामो समयदेखि बिरामी थिए।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा सोमबार बिहान ११ बजे उनको निधन भएको हो। उनको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो। उनी आफ्नो तीन भाइमध्ये कान्छा थिए। उनलाई सानै उमेरदेखि गायनमा रूचि थियो।

उनले सन् १९८० मा ‘आहत’ नामबाट पहिलो गजल एल्बम निकालेका थिए। जसलाई दर्शकश्रोताले निकै रूचाएका थिए। उनले सन् २००६ मा पद्मश्री पुरस्कार प्राप्त गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]