१२ माघ २०८२, आइतबार
25-01-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मोरङमा हटेनन् सादा पोशाकका प्रहरी

Logo
जनचर्चा संवाददाता

विराटनगर, फागुन २७
जिल्लामा हाल कार्यरत्त सादा पोशाकका प्रहरी हटाउन मोरङ प्रहरी प्रमुख उपरिक्षक (एसपी) नवराज कार्की सक्रिय भएर लागिपरे पनि यस कार्यमा उनी पुर्णरुपमा सफल हुनसकेका छैनन् ।

फागुनको पहिलो साता मोरङ प्रहरी प्रमुख भएर आएका एसपी कार्कीले नेतृत्व सम्हालेको केही दिनमै जिल्लाभर सादा पोशाकमा काम गरिरहेका प्रहरी (घुमुवा) हटाउने निर्णय गरे । लगतै उनले जिल्ला प्रहरी कार्यालय मोरङबाट वरिष्ठ नायब निरिक्षक राजेन्द्र कटवालको नेतृत्वमा खटिएको सादा पोशाकको टोलीलाई फिर्ता बोलाई दरबन्दी रहेको स्थानमा जान निर्देशन समेत दिए ।

एसपीको निर्देशनपछि कमाण्डर कटवाल सहित पाँच जाना प्रहरीलाई सादा पोशाकको जिम्माबारीबाट हटाएर दरबन्दी रहेको स्थानतर्फ युनिफर्ममा ड्यूटी गर्न समेत पठाईयो । पाँच जनालाई हटाईए पनि सोही टोलीको अन्य केही प्रहरीलाई अझैपनि असुलीधन्दा चलाउँदै आएको प्रहरी अधिकारीहरुले संरक्षण गरी गुपचुप रुपमा सादा पोशाकमै काममा खाटाईरहेको स्रोत बताउँछ । संगठनभित्रै घुमुवामार्फत पहिलेदेखीनै असुलीधन्दा चलाईरहेका त्यस्ता प्रहरी अधिकारीहरुले एसपीको आँखा छिचोलेर सादा पोशाकमा प्रहरी खटाउने गरेकाे बुझ्नमा आएको छ ।

हाईकमाण्डको निर्देशनपछि असुलीधन्दा चलाउने अधिकारीहरुले सादा पोशाक भनेरै प्रहरी खटाउन भने पाएका छैनन् । तर पनि त्यस्ता अधिकारीहरुले विभिन्न ड्युटिमा प्रहरी खटाएकोे फर्जि विवरण देखाएर उनीहरुलाई सादा पोशाकमार्फत असुली गर्न पठाउने गरेको बुझ्नमा आएको छ ।

एसपी कार्कीले अहोरात्र कसरत गर्दा पनि मारेङ माताहातकै प्रहरीका विभिन्न ईकाइहरुबाट खटिएका सादा पोशाक प्रहरी अहिलेसम्म हटेका छैनन् । यँहाको रंगली, वेलवारी र विराटनगरमा अहिले सादा पोशाकको प्रहरी छ्याप्छ्याप्ती डुलिरहेको छन् । जिल्ला प्रहरी कार्यलय मोरङमै पनि केहि प्रहरीहरुलाई अनसिन रुपमा सादा पोशाकमा खटाईएको बुझ्नमा आएको छ । एसपीको आँखा छलेर केही प्रहरी अधिकारीहरुले असुलीधन्दाको लागी त्यस्ता सादा पोशाकका प्रहरीलाई सक्रिय राखेको स्रोत बताउँछ ।

सादा पोशाकमार्फत चल्दै आएको असुलीधन्दालाई निमिट्यान्न पार्न एसपी कार्की लागिपरेपनि संगठनभित्रकै अधिकारीबाट उनले धोका पाईरहेका छन् । असुली धन्दामा रहेको सादा पोशाकका प्रहरीलाई निस्क्रिय पार्ने एसपीको मात्र योजना होईन, यो नवनियुक्त गृहमन्त्री रवि लामिछानेको पनि ईन्ट्रेष्ट हो । सोही कारण गृहमन्त्रालय र नेपाल प्रहरी पनि यही उद्देश्य अनुसार हिडेको बुझिएको छ । स्वयम् कोशी प्रदेशका प्रहरी प्रमुख नायब महानिरिक्षक चन्द्र कुबेर खापुङले पनि प्रहरीमा रहेको यस्ता विकृतीलाई चिर्न चाहेका छन् ।

तर गृहमन्त्री र प्रहरीका नेतृत्वहरुले चाँहदा–चाँहदै पनि सादा पोशाकको दुरुपयोग नियन्त्रण हुन भने सकेको छैन । किनभने कुनै पनि प्रहरीको ईकाइमा प्रहरीको शंख्या ठुलो हुने भएकाले को प्रहरी, कँहा, के गरिरहेको हुन्छन् त्यो नेतृत्वले थाहा पाउन सकिरहेको हुँदैन । त्यसैको फाईदा उठाउँदै ईकाइका केही अधिकारीहरुले सादा पोशाकका प्रहरीलाई संरक्षण गरि असुलीधन्दामा लगाईरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एयरपोर्टमा आफूलाई चेकिङको नाममा दुःख दिने काम भएको गुनासो गरेका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो (शुक्रबार) झापाबाट फर्किने क्रममा एयरपोर्टमा निकै दुःख पाएको गुनासो सुनाएका हुन् । ‘अस्ती यताबाट म झापा जाँदा मलाई राम्रो नै व्यवहार गरिएको थियो एयरपोर्टहरुमा […]

काठमाडौं, ११ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरहरुबाट बचाउनको लागि देशभक्त र राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो औंल्याएका छन् । उनले केपी ओली, आरजु राणा र रमेश लेखकहरुले जेनजी आन्दोलनमा दमन गरेको र युवाहरुको हत्या गरेको भन्दै एउटा कित्तामा राखेका छन् । उता, जेनजी […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]