०४ भाद्र २०८३, बिहिबार
20-08-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मोरङमा हटेनन् सादा पोशाकका प्रहरी

Logo
जनचर्चा संवाददाता

विराटनगर, फागुन २७
जिल्लामा हाल कार्यरत्त सादा पोशाकका प्रहरी हटाउन मोरङ प्रहरी प्रमुख उपरिक्षक (एसपी) नवराज कार्की सक्रिय भएर लागिपरे पनि यस कार्यमा उनी पुर्णरुपमा सफल हुनसकेका छैनन् ।

फागुनको पहिलो साता मोरङ प्रहरी प्रमुख भएर आएका एसपी कार्कीले नेतृत्व सम्हालेको केही दिनमै जिल्लाभर सादा पोशाकमा काम गरिरहेका प्रहरी (घुमुवा) हटाउने निर्णय गरे । लगतै उनले जिल्ला प्रहरी कार्यालय मोरङबाट वरिष्ठ नायब निरिक्षक राजेन्द्र कटवालको नेतृत्वमा खटिएको सादा पोशाकको टोलीलाई फिर्ता बोलाई दरबन्दी रहेको स्थानमा जान निर्देशन समेत दिए ।

एसपीको निर्देशनपछि कमाण्डर कटवाल सहित पाँच जाना प्रहरीलाई सादा पोशाकको जिम्माबारीबाट हटाएर दरबन्दी रहेको स्थानतर्फ युनिफर्ममा ड्यूटी गर्न समेत पठाईयो । पाँच जनालाई हटाईए पनि सोही टोलीको अन्य केही प्रहरीलाई अझैपनि असुलीधन्दा चलाउँदै आएको प्रहरी अधिकारीहरुले संरक्षण गरी गुपचुप रुपमा सादा पोशाकमै काममा खाटाईरहेको स्रोत बताउँछ । संगठनभित्रै घुमुवामार्फत पहिलेदेखीनै असुलीधन्दा चलाईरहेका त्यस्ता प्रहरी अधिकारीहरुले एसपीको आँखा छिचोलेर सादा पोशाकमा प्रहरी खटाउने गरेकाे बुझ्नमा आएको छ ।

हाईकमाण्डको निर्देशनपछि असुलीधन्दा चलाउने अधिकारीहरुले सादा पोशाक भनेरै प्रहरी खटाउन भने पाएका छैनन् । तर पनि त्यस्ता अधिकारीहरुले विभिन्न ड्युटिमा प्रहरी खटाएकोे फर्जि विवरण देखाएर उनीहरुलाई सादा पोशाकमार्फत असुली गर्न पठाउने गरेको बुझ्नमा आएको छ ।

एसपी कार्कीले अहोरात्र कसरत गर्दा पनि मारेङ माताहातकै प्रहरीका विभिन्न ईकाइहरुबाट खटिएका सादा पोशाक प्रहरी अहिलेसम्म हटेका छैनन् । यँहाको रंगली, वेलवारी र विराटनगरमा अहिले सादा पोशाकको प्रहरी छ्याप्छ्याप्ती डुलिरहेको छन् । जिल्ला प्रहरी कार्यलय मोरङमै पनि केहि प्रहरीहरुलाई अनसिन रुपमा सादा पोशाकमा खटाईएको बुझ्नमा आएको छ । एसपीको आँखा छलेर केही प्रहरी अधिकारीहरुले असुलीधन्दाको लागी त्यस्ता सादा पोशाकका प्रहरीलाई सक्रिय राखेको स्रोत बताउँछ ।

सादा पोशाकमार्फत चल्दै आएको असुलीधन्दालाई निमिट्यान्न पार्न एसपी कार्की लागिपरेपनि संगठनभित्रकै अधिकारीबाट उनले धोका पाईरहेका छन् । असुली धन्दामा रहेको सादा पोशाकका प्रहरीलाई निस्क्रिय पार्ने एसपीको मात्र योजना होईन, यो नवनियुक्त गृहमन्त्री रवि लामिछानेको पनि ईन्ट्रेष्ट हो । सोही कारण गृहमन्त्रालय र नेपाल प्रहरी पनि यही उद्देश्य अनुसार हिडेको बुझिएको छ । स्वयम् कोशी प्रदेशका प्रहरी प्रमुख नायब महानिरिक्षक चन्द्र कुबेर खापुङले पनि प्रहरीमा रहेको यस्ता विकृतीलाई चिर्न चाहेका छन् ।

तर गृहमन्त्री र प्रहरीका नेतृत्वहरुले चाँहदा–चाँहदै पनि सादा पोशाकको दुरुपयोग नियन्त्रण हुन भने सकेको छैन । किनभने कुनै पनि प्रहरीको ईकाइमा प्रहरीको शंख्या ठुलो हुने भएकाले को प्रहरी, कँहा, के गरिरहेको हुन्छन् त्यो नेतृत्वले थाहा पाउन सकिरहेको हुँदैन । त्यसैको फाईदा उठाउँदै ईकाइका केही अधिकारीहरुले सादा पोशाकका प्रहरीलाई संरक्षण गरि असुलीधन्दामा लगाईरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]