२७ आश्विन २०८३, मंगलबार
13-10-2026 , Tue
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

छात्रा कुट्ने विराटनगरकाे मुनलाईट होस्टलकी सञ्चालीका पक्राउ

Logo
जनचर्चा संवाददाता

विराटनगर, चैत १। विराटनगर मधुमाराकाे मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मीलाई बुधबार  प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । साेही हास्टेलमा बस्दै आएकाे नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत छात्रामाथि दुव्यवहार गरेको आरोपमा मंगलबार साँझ रेग्मी पक्राउ परेकी हुन् ।

रेग्मीले छात्रालाई दुर्व्यवहार गरेकाे भिडियाे अहिले सामाजिक संजालमा भाईरल छ ।  हास्टेलका छात्राहरुले तिन महिनाको अग्रिम रकम दिन नमानेपछि रेग्मीले विद्यार्थीहरुलाई डरधम्की दिँदै हातपात गरेकाे भिडियाेमा प्रष्ट देखिन्छ।  पिडित छात्राहरु विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका जुम्ला, पाल्पा र कन्चनपुर घर भएका विद्यार्थी हुन् । कलेजकै होस्टेलमा बस्नेहरुकाे लिस्टमा नाम परेपछि यी छात्राहरु हाल बस्दै आएका हाेस्टेल छाेड्ने तरखरमा थिए। त्यो कुरा थाहा पाएकी रेग्मीले चैतको पैसा पनि दिनुपर्ने दवाव दिईरहेकी थिइन् । आफुहरु चैतमा हाेस्टेल नबस्ने भन्दै विद्यार्थीले पैशा दिन नमाने पछी रेग्मीले छात्राहरुलाई हातपात गरेकी हुन् ।

हातापात भएकाे थाहपाएपछि मंगलबार रातिनै कलेज प्रशासनले विद्यार्थीकाे उद्धार गरी कलेजकाे हाेस्टेमा सारेकाे थियाे  । लगतै बुधबार पीडित छात्राले उजुरी दिएपछि रेग्मी पक्राउ परेकी हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]