०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

२०४७ सालको संविधान व्यूँत्याउन माग

Logo
जनचर्चा संवाददाता

विराटनगर ,चैत १। एकीकृत राष्ट्रिय सङ्घर्ष समिति मोरङ जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री समक्ष ४ बुँदे माग प्रस्तुत गर्दै ज्ञापन पत्र बुझाएको छ ।

प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा राजसंस्थाको पुनः स्थापना, गणतन्त्रको पुनः समाप्ती, सनातन हिन्दु अधिराज्य कायम गरौँ र २०४७ सालको संविधानबाटै अघि बढौ रहेको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार शाहलाई उक्त ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापन पत्र बुझाउँदै सङ्घर्ष समिति मोरङका अध्यक्ष बल्लभप्रसाद दाहालले यतिबेला हाम्रो देश र देशबासीहरू गणतन्त्रकै कारण समाप्त हुन लागेका, रोजगारी, सुरक्षा, न्यायको अभावमा देशै छोडेर आधाभन्दा बढी जनता पलायन भइसकेको बताउनुभयो ।

नेपालमा गणतन्त्रविरुद्ध र राजसंस्थाको पुनः स्थापनाको समर्थनमा अहिले चलिरहेको सङ्घर्षको समर्थन गर्दै शान्तिपूर्ण सङ्घर्ष र व्यवस्था परिवर्तनको पक्षमा अघि बढ्ने दाहालले बताउनुभयो ।

देशमा पुनः हिंसात्मक विद्रोहले जन्म नलियोस् भन्दै गणतन्त्रको विकल्पमा २०४७ सालको संविधानबाटै अघि बढ्न सके मात्र देशले जनतालाई जोगाउन सकिन्छ ज्ञापन पत्रमा उल्लेख गरिएको कुरा दाहालले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]