२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

२०४७ सालको संविधान व्यूँत्याउन माग

Logo
जनचर्चा संवाददाता

विराटनगर ,चैत १। एकीकृत राष्ट्रिय सङ्घर्ष समिति मोरङ जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री समक्ष ४ बुँदे माग प्रस्तुत गर्दै ज्ञापन पत्र बुझाएको छ ।

प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा राजसंस्थाको पुनः स्थापना, गणतन्त्रको पुनः समाप्ती, सनातन हिन्दु अधिराज्य कायम गरौँ र २०४७ सालको संविधानबाटै अघि बढौ रहेको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार शाहलाई उक्त ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापन पत्र बुझाउँदै सङ्घर्ष समिति मोरङका अध्यक्ष बल्लभप्रसाद दाहालले यतिबेला हाम्रो देश र देशबासीहरू गणतन्त्रकै कारण समाप्त हुन लागेका, रोजगारी, सुरक्षा, न्यायको अभावमा देशै छोडेर आधाभन्दा बढी जनता पलायन भइसकेको बताउनुभयो ।

नेपालमा गणतन्त्रविरुद्ध र राजसंस्थाको पुनः स्थापनाको समर्थनमा अहिले चलिरहेको सङ्घर्षको समर्थन गर्दै शान्तिपूर्ण सङ्घर्ष र व्यवस्था परिवर्तनको पक्षमा अघि बढ्ने दाहालले बताउनुभयो ।

देशमा पुनः हिंसात्मक विद्रोहले जन्म नलियोस् भन्दै गणतन्त्रको विकल्पमा २०४७ सालको संविधानबाटै अघि बढ्न सके मात्र देशले जनतालाई जोगाउन सकिन्छ ज्ञापन पत्रमा उल्लेख गरिएको कुरा दाहालले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]