२९ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

आकशमै इन्जिन फेल

ठुलो दुर्घटनाबाट जोगियो सीता एयर
Logo
प्रकाशित बुधबार, भाद्र १८, २०७६

काठमाडौं, भाद्र १८
काठमाडौं – सीता एयरको ड्रोनियर जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । बुधवार उडनको क्रममा सीता एयरको एउटा इन्जिन आकाशमै फेल भएको थियो । इन्जिन आकाशमै फेल भएपनि पाइलटले जहाज सकुशल काठमाडौं अवतरण गराएका छन् ।
लुक्लाबाट आएको सीता एयरको नाइनएन एजेएच जहाजको दायाँ इन्जिन उडानकै क्रममा फेल भएको थियो । क्याप्टेन भरत थापाले उडाएर ल्याएको उक्त जहाजमा उडानकै क्रममा प्राविधिक समस्या आएपनि सकुशल काठमाडौं विमानस्थलमा अवतरण गराउन सफल भएको एयरलाईन्सले जानकारी दिएको छ ।
जहाज बिहान ८ः५१ बजे काठमाडौं विमानस्थलमा अतवरण गरेको थियो । जाहजमा चालक दलका सदस्यहरु बाहेक अन्य यात्रुहरु भने नरहेको छ । बताईएको छ । जहाज सुरक्षित अवतरण भएकाले कुनै पनि जनधनको क्षति नभएको जानकारी प्राप्त भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]

विराटनगर,१७ पुस । हरेक वर्ष पुस १७ गते मनाइँदै आएको राष्ट्रिय पोशाक दिवस आज नेपालसहित विश्वभर रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्।विदेशी संस्कृति र पहिरनको बढ्दो प्रभावका कारण नेपाली मौलिकता संकटमा पर्न थालेपछि त्यसको प्रतिकारस्वरूप यो अभियान सुरु गरिएको अभियन्ताहरूले बताएका छन्। ढाका तथा भादगाउँले टोपी नेपालीपनको प्रतीकका रूपमा विश्वभर चिनिएको भन्दै यसको ऐतिहासिक र […]

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्। कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, […]