१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा रोजगार मेला

Logo
जनचर्चा संवाददाता

विराटनगर,३ चैत्र / विराटनगर महानगरपालिकाले पहिलोपटक आयोजना गरेको ‘महानगर रोजगार मेला’मा सफाई कर्मचारीदेखि सहायक प्रमुख कार्यकारी अधिकृत (असिस्टेन्ट सिइओ) सम्मको माग आएको छ ।
महानगरका मेयर नागेश कोइरालाले एक समारोहका बीच उद्घाटन गरेको मेलामा शुक्रबार एकैदिन २ हजार २ सय जनाले रोजगारीका लागि निवेदन दिएका छन् ।

त्यसमध्ये धेरैजसो बजार व्यवस्थापक (मार्केटिङ)को बढी माग आएको रोजगार शाखाका संयोजक कपिल थापाले जानकारी दिए । मागमध्ये ३ सय ९२ जनाका लागि रोजगारीसमेत सिर्जना भएको उनले बताए । महानगरले रोजगारदाता र रोजगारीको खोजीमा रहेको जनशक्तिलाई जोड्ने उद्देश्यले पहिलोपटक रोजगारी मेला आयोजना गरेको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताबीच महानगरले मेला आयोजना गरेर पुलको काम गरेको बताए । मेलाबाट बढीभन्दा बढी लाभ उठाउन मेयर कोइरालाले आग्रह गरे ।

हरेक वर्ष नेपालमा ५ लाखभन्दा बढी जनशक्ति श्रम बजारमा आउने गरेको उल्लेख गर्दै मेयर कोइरालाले त्यसमध्ये थोरैले मात्रैले स्वदेशमा रोजगारीको अवसर पाउने गरेको चर्चा गरे । “बाँकी धेरैजसो विदेश पलायन हुनुपर्ने बाध्यता छ । महानगरले आयोजना गरेको रोजगार मेलाले बेरोजगारी समस्या सबै समाधान त गर्न सक्दैन । तर एउटा सानो प्रयास चाहिं हो भन्ने मलाई लाग्दछ,” कोइरालाले भने, “मेलाबाट बढीभन्दा बढी लाभ उठाउन महानगरवासीलाई आग्रह गर्दछु ।” रेमिट्यान्स भित्रिए पनि वैदेशिक रोजगारीले नेपाली समाजलाई दुरगामी असर पारिरहेको उनको भनाइ थियो ।

खेतीयोग्य जमिनसहितका स्रोत साधनको उपयोग नहुनु, पारिवारिक विचलन, पहाडबाट तराई–मधेशमा बढ्दो बसाइँ सराईलगायतका समस्या बढ्दै मेयर कोइरालाले बताए । “हामीले स्वदेशमै बढीभन्दा बढी रोजगारीका अवसरहरू सिर्जना गर्न सकेमात्रै यस्ता समस्याबाट मुक्त हुन सक्दछौं,” उनको भनाइ थियो, “यस्ता मेलाले नयाँ रोजगारी सिर्जना र रोजगारीको अवसर प्राप्त हुन्छ ।” उनले महानगरपालिकाले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । हातमा सीप र प्राविधिक ज्ञान नभए अब रोजगारी प्राप्त गर्ने अवस्था नरहेको मेयर कोइरालाले बताए ।

उपमेयर शिल्पा निराला कार्कीले रोजगार मेलाले बजारमा कस्तो जनशक्ति आवश्यक छ र श्रमबजारमा कस्ता जनशक्ति छन् भन्ने विषय पनि प्रस्ट हुने बताइन् । उनले मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिलाई जोड्ने काम गरेको चर्चा गरिन् । “महानगरले आयोजना गरेको रोजगार मेला अत्यन्तै उपलब्धिमूलक हुने मैले विश्वास लिएको छु,” उनले भनिन् , “आफ्नो क्षमताअनुसारको रोजगारी नेपालमै पनि प्राप्त गर्न सकिन्छ भन्ने यस मेलाबाट पुष्टि हुनेछ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]