०२ आषाढ २०८३, मंगलबार
16-06-2026 , Tue
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

विवादबीच थारू कल्याणकारी सभा मोरङको निर्वाचन सम्पन्न

Logo
जनचर्चा संवाददाता

विराटनगर, चैत ८ । विवादबीच सभा मोरङको निर्वाचन सम्पन्न बुढीगंगा–२ स्थित थारू संग्राहलय भवन बौराहामा बुधबार थारू कल्याणकारी सभा मोरङको १० औं जिल्ला अधिवेशनको कार्य समिति निर्वाचन सम्पन्न गरिएको छ । निर्वाचनकालागि बारम्बारको मिति सारिएपनि ७ चैतमा निर्वाचन हुने भनी निर्वाचन अधिकृत जयराम पंजियारले सार्वजनिक सूचना प्रकासित गरेका थिए । तर सभाको मोरङ अध्यक्षमध्येका एक उम्मेदवार प्रदिपकुमार भगत थारूले एक पक्षीय ढंगबाट अमुक समूहलाई फाइदा पुर्‍याउने गरी संचालन गरिने निर्वाचन आफूलाई मान्य नहुनेभन्दै बहिष्कार गरेका थिए । थारूले सभाको केन्द्रिय कार्य संचालन समितिको बैठकबाट अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित गर्न र आफूलाई कार्यसमिति मोरङको जिल्ला अध्यक्ष तोकिएको अवस्थामा बलजफ्ती निर्वाचन गराउन खोज्नु भनेको विधान सम्मत नभएको र अवैध रहेको बताएका थिए । उनले सभाको केन्द्रिय कार्यालयबाट प्राप्त पत्र निर्वाचन स्थलमा पनि टाँस गरिएको दावी गरेका थिए ।

उता निर्वाचन अधिकृत पंजियारले केन्द्रबाट पत्र आएको भन्ने कुरा हास्यास्पद रहेको बताए । उनले त्यस्तो पत्र त आफूले पनि पाउनु वा बुझाउनु पर्ने थियो, त्यो प्राप्त नगरेको बताए । उनले निर्वाचन गराउन उच्च अदालत, जिल्ला अदालतको आदेश र प्रशासनको सहमतिमा निर्वाचन गराएको बताए । उनले आफू कुनै समूहमा आवद्ध नभएको र यो मान्छे मेरो वा तेरो भन्ने नभएको बताए । पंजियारले आफूले केन्द्रबाट कुनै आधिकारीक पत्र नपाएको स्पष्ट पारे । उनले निर्वाचन सहज परिस्थितिमा र विवादरहित भएको बताए । उनले कुनै एक व्यक्तिले बहिष्कार गर्दैमा निर्वाचन नविथोलिने र निर्वाचनबाट विजयी उम्मेदवारले नै वैधानिकता पाउने बताए ।

अध्यक्षका अर्का दावेदार प्रदीपकुमार विश्वासले समग्रमा मोरङका थारू मतदाताहरू परिवर्तनको पक्षमा रहेको बताए । उनीहरूको नेतृत्व फेर्नु पर्छ भन्ने चाहना प्रवल भएको हुनाले निर्वाचन संचालन गरिएको स्पष्ट पारे । उनले निर्वाचन बीनाकुनै कारण ६/६ पटक रोकिएको हुनाले मतदातापनि आजित भएको र मतदाताबाट पनि अतिशिघ्र निर्वाचनको माग गरिएको विश्वासको कथन थियो । विश्वासले केन्द्रको पत्र मान्य हुने लायकको नभएको बताए । उनले केन्द्रमा पनि विघटन भइसकेको र पत्रको कुनै माइन्यूटिङ नभएकोले वैधानिकता नराख्ने बताए । विश्वासले ३–३ पटक केन्द्रिय पार्षद भइसकेको बताए । उनले विवाद थारूले उब्जाएको बताए । उनले केन्द्रले निर्वाचन अधिकृतका रूपमा पुनित चौधरीलाई खटाई सकेपछि असार ८ र ९ गते को अधिवेशनबाट हुन लागेको निर्वाचन किन रोकेको र अर्को मिति किन नतोकेको भन्दै प्रश्न गरे ।

पुनितको साटो पंजियार निर्वाचन अधिकृत भएर मोरङ आएपछि उनलाईपनि विभिन्न लाञ्छाना लगाइएको विश्वासको कथन थियो । पंजियारले जसरीपनि निर्वाचन गराई छाड्ने अठोट गरेपछि केहि व्यक्ति अदालत गएको तर अदालतले निर्वाचन सम्पन्न गर्नु गराउनु भने पछि सौर्हादपूर्ण वातावरणमा निर्वाचन भइरहेको जानकारी दिए । मतदाता लेटाङकी मञ्जु चौधरीले आफूलाई विवाद बारे थाह नभएको बताइन् । उनले जसले जितेपनि थारूको हक, हित र कल्याणकालागि इमान्दारितापूर्वक काम गर्नु पर्ने बताइन् । १ अध्यक्ष, अनिवार्य १ महिलासहितको ३ उपाध्यक्ष, १ सचिव, १ सह सचिव, १ कोषाध्यक्ष र १४ सदस्यकालागि निर्वाचन गरिएको थियो । सभा मोरङमा २७२ मतदाता रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]