०२ आषाढ २०८३, मंगलबार
16-06-2026 , Tue
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

पुनः प्रर्दशनकाे तयारीमा फिल्म ‘नालापानी’

इतिहास, राष्ट्रप्रेम र पुर्खाहरूको वलिदानी झल्काउने साे चलचित्र दर्शककाे माग अनुसार पुनः प्रर्दशनमा आउन लागेकाे हाे
Logo
जनचर्चा संवाददाता

विराटनगर,१३ चैत ।  ऐतिहासिक कथामा आधारित फिल्म ‘नालापानी’ पुनः प्रर्दशनमा आउने भएको छ । गत वर्ष प्रदर्शन भइसकेको चलचित्र ‘नालापानी’ आगामी साउन १८ गते पुनः प्रर्दशन गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।

यस चलचित्रले इतिहास प्रस्ट बुझाउने, राष्ट्रप्रेम बढाउने र पुर्खाहरूले दिएको बलिदान सबैले हेरेर बुझ्नैपर्ने दर्शकहरूको सुझावअनुसार २०८१ साउन १८ गते चलचित्र ‘नालापानी’ पुनः प्रदर्शनमा ल्याउन लागिएको चलचित्रका लेखक, निर्माता तथा निर्देशक रिमेश अधिकारीले जानकारी दिए ।

चलचित्रमा इतिहासका जानकारले सबैभन्दा लामो र कठिन युद्धको नाम दिएको नालापानी युद्धको कथा समेटिएको छ । यो नेपाली र अंग्रेजबीच भएको लडाइँमा नेपालीले देखाएको वीरताको गाथामा आधारित चलचित्र हो ।

नालापानीको युद्धमा योद्धा बलभद्र कुँवरको नेतृत्वले लडाइँ जितेको थियो । १३ दिन भएको यो युद्धमा ७ दिन घनघोर लडाइँ भएको थियो जसमा बलभद्र कुँवरले पनि वीरगति प्राप्त गरेका थिए ।

चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, इशान बिजु श्रेष्ठ, हिक्मत थपलियालगायतको अभिनय  छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]