२८ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरका साहित्यकार दधिराज सुवेदीको निधन

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, चैत्र १४, २०८०

विराटनगर,१४ चैत । विराटनगरका अग्रज साहित्यकार दधिराज सुवेदीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित भएका सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान ३ बजे निधन भएको जनाइएको छ ।

विभिन्न अनुसन्धानात्मक तथा कालजयी कृति र दर्जनौं पुस्तकका लेखक, समालोचक, सम्पादक, पूर्वाञ्चलका साहित्यिक धरोहर, नेपाली भाषा र साहित्यको उन्नयनमा आजीवन साधनारत सुवेदीको निधनप्रति श्रष्टा तथा सर्जकहरुले दुःख व्यक्त गरेका छन् ।

स्वर्गीय सुवेदीको पार्थिव शरीरलाई बुधबार बिहान ९ बजे धार्मिक परम्परा अनुसार परोपकार घाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]