०९ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

सांग्रीला मोरङ सेमिफाइनलमा

Logo
जनचर्चा संवाददाता

विराटनगर,१७ चैत । पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) लाई पराजित गर्दै घरेलु टिम सांग्रीला मोरङ फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा आरटिएफसीलाई ३-२ गोलले हराउँदै सांग्रीला अन्तिम चारको स्थान सुरक्षित गरेको हो । जितसँगै सांग्रीलाले सोमबार हुने विभागीय टिम सशस्त्र प्रहरी बल र चर्च ब्वाइज युनाईटेडबीच हुने बिजेता टिमसँग खेल्नेछ ।

जितको लागि सांग्रीलाको तर्फबाट आशिष चापागाई, सुशिल राई र विदेशी खेलाडी स्याङले गोल गरे । आरटिएफसीको तर्फबाट सोरब दोर्जे दुई गोल फर्काए पनि त्यो पर्याप्त भएन ।

खेल सुरु भएको २६ औं मिनेटमा बिवेक पौडेलले प्रहार गरेको कर्नर बललाई आशिष चापागाईले हेडमार्फत आकर्षक गोल गरी टिमलाई अग्रता दिलाए । पहिलो गोल खाएपछि आरटिएफसी दवावमा पर्यो । सांग्रीलाले अग्रता लिएको सात मिनेट बित्न नपाउँदै ३३ औं मिनेटमा सुशिल राईले हेडमार्फत उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे । मौसम लिम्बुले मध्यभागबाट निकालिदिएको पास सुशिलले सदुपयोग गर्दै गोल गरे । घरेलु दर्शकको साथ पाएको सांग्रीलाले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो । दोस्रो हाफमको ५० औं मिनेटमा विदेशी खेलाडी स्याङले विजय गोल गरे । आरटिएफसीको गोल किपर डेन्डुप अगाडी बढेपछि विदेशी खेलाडी स्याङले बायाँ बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो ।

आरटिएफसीको फिनिसिङ पक्ष कमजोर रहदा बारम्बार पाएको गोल गर्ने अवसर खेर फालेका थिए । लगातार पाएको सुन्दर अवसर आरटिएफसीका खेलाडीको फिनिसिङ पक्ष कमजोर देखिदा क्वाटरफाइनलबाट घर फर्किन बाध्य भयो । ६५ औं र ७४ औ मिनेटमा आरटिएसफीका सोरब दोर्जेले दुई गोल फर्काए । केल्जाङ जिग्मेंले प्रहार सांग्रीलाको गोलकिपर विशाल सुनारले पन्च गरेको बल रिबाउन्ड भएर फर्किएपछि सोरब दोर्जेले गोल गरेका थिए । ७४ औं मिनेटमा आरटिएसफीका जिङग्माले निकालिएको पास सदुपयोग गर्दै सोरबले गोल गरी ३-२ गोलको स्थीतिमा ल्याएर टिमको हौसला बढाए ।

१३ औं मिनेटमा आरटिएफसीका जिङग्माले निकालिएको क्रस पासलाई केन्जुङको कडा प्रहार बाहिरियो । त्यसलगतै केल्जाङ जिग्मेंले डिबक्स भित्रबाट गरेको प्रहार सांग्रीलाको गोलकिपर विसाल सुनारले उत्कृष्ट बचाए । २४ औं मिनेटमा डिबक्स नजिकबाट किन्ले गेतसनको कडा प्रहरा बाहिरियो ।
सांग्रीलाका गोलकिपर बिसाल सुनारले प्रभावकारी भूमिका निभाए । उनले आधा दर्जन बढी आरटिएफीको पोस्ट आक्रमणलाई निस्तेज पार्दै टिमलाई अन्तिम चारको यात्रा गराए ।

सांग्रीलाको सुनिल खड्काले ६० औं मिनेटमा वान भर्सेस वानको प्रहार गोल गर्नबाट चुके । उनले डिबक्स भित्रबाट गरेको प्रहार डेन्डुपले बिफल पारिदिए । सुमन लिम्बुले निकालको क्रस पास डिबक्स भित्रबाट विदेशी खेलाडी स्याङले गोल गर्नबाट चुके । ७८ औं मिनेटमा केन्जुङको डिबक्स भित्रबाट गरेको कडा प्रहार गोल गर्न चुक्दा बराबारीमा ल्याउन सकेनन ।

खेलको प्लेयर अफ द म्याच सांग्रीलाको महेन्द्र कार्की घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।
आइतबारको खेल एनआरटी फुटबल क्बल काठमाण्डौ र सिकिम डे्रगान भारतबीच हुनेछ ।

हारपछि भुटानका प्रशिक्षक उगेन दोर्जेलेले पाएको अवसर चुकाउँदा नतिजा आफ्नो पक्षमा पार्न नसकेको बताए । जितपछि प्रतिक्रिया दिदै सांग्रीला फुटबल क्बलका प्रशिक्षक रानु राना मगरले खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरेको कारणले सेमिफाइनमा पुगेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]