१३ माघ २०८२, सोमबार
26-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मोरङ व्यापार संघद्वारा गोयल सम्मानित

Logo
जनचर्चा संवाददाता

विराटनगर, चैत २६ । मोरङ व्यापार संघले आफ्नाे ६७औं वार्षिक साधारण सभामा उद्योगी एवं समाजसेवी दिनबन्धु गोयललाई सम्मान गरेको छ । संघकाेअस्तित्व र ओझलाई बढाउन गरीएकाे सहयाेगकाे उच्च मुल्याङ्कन गर्दै गाेयललाई सम्मान गरिएको हाे ।

गाेयल काम विशेषले हाल नेपाल बाहिर रहेकाले प्रतिनिधीलाई सम्मान पत्र जिम्मा लगाईएकाे थियाे ।  ६७औं वार्षिक साधारण सभामा कार्यक्रमका प्रमुख अतिथि नेपाली कांगेसका वरिष्ठ नेता डा. शेखर कोइराला, कांग्रेस नेता डा. मिनेन्द्र रिजाल, कोशी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री हिक्मत कार्की र संघका अध्यक्ष नविन रिजालले स‌ंयुक्तरुपमा सम्मानित हुने सबैलाई  सम्मान पत्र प्रदान गरेका थिए ।

गाेयलबाहेक संघको साधारण सभामा समाजसेवी भगवानलाल साह, डा. रोशन खड्का, डा. प्रदिप गुप्ता, गायक सुमित खड्का र प्राध्यापक डिएन चौधरी पनि सम्मानित भएका छन्  । संघको ६७औं वार्षिक साधारण सभाले मोरङ व्यापार संघको नाम परिवर्तन गरेर “मोरङ उद्योग व्यापार संघ” नामाकरण गरेका छन् । कांग्रेसका वरिष्ठ नेता डा. कोइरालाले मोरङ उद्योग व्यापार संघ नामाकरण बोर्डको अनावरण गरेका थिए ।

साधारण सभामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सार्क चेम्बर अर्फ कमर्शका उपाध्यक्ष चण्डीराज ढकाल, नेपाल उद्योग परिसंघका केन्द्रिय अध्यक्ष भीम घिमिरे, परिसंघका कोशी प्रदेश अध्यक्ष डा. पवनकुमार सारडा, उद्योग संगठन मोरङ अध्यक्ष राकेश सुराना र विराट व्यापार संघका अध्यक्ष अन्शु वंजारा लगाएतकाे उपस्थिती रहेकाे थियाे । 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एयरपोर्टमा आफूलाई चेकिङको नाममा दुःख दिने काम भएको गुनासो गरेका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो (शुक्रबार) झापाबाट फर्किने क्रममा एयरपोर्टमा निकै दुःख पाएको गुनासो सुनाएका हुन् । ‘अस्ती यताबाट म झापा जाँदा मलाई राम्रो नै व्यवहार गरिएको थियो एयरपोर्टहरुमा […]

काठमाडौं, ११ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरहरुबाट बचाउनको लागि देशभक्त र राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो औंल्याएका छन् । उनले केपी ओली, आरजु राणा र रमेश लेखकहरुले जेनजी आन्दोलनमा दमन गरेको र युवाहरुको हत्या गरेको भन्दै एउटा कित्तामा राखेका छन् । उता, जेनजी […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]