२८ आश्विन २०८३, बुधबार
14-10-2026 , Wed
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

मोरङ व्यापार संघद्वारा गोयल सम्मानित

Logo
जनचर्चा संवाददाता

विराटनगर, चैत २६ । मोरङ व्यापार संघले आफ्नाे ६७औं वार्षिक साधारण सभामा उद्योगी एवं समाजसेवी दिनबन्धु गोयललाई सम्मान गरेको छ । संघकाेअस्तित्व र ओझलाई बढाउन गरीएकाे सहयाेगकाे उच्च मुल्याङ्कन गर्दै गाेयललाई सम्मान गरिएको हाे ।

गाेयल काम विशेषले हाल नेपाल बाहिर रहेकाले प्रतिनिधीलाई सम्मान पत्र जिम्मा लगाईएकाे थियाे ।  ६७औं वार्षिक साधारण सभामा कार्यक्रमका प्रमुख अतिथि नेपाली कांगेसका वरिष्ठ नेता डा. शेखर कोइराला, कांग्रेस नेता डा. मिनेन्द्र रिजाल, कोशी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री हिक्मत कार्की र संघका अध्यक्ष नविन रिजालले स‌ंयुक्तरुपमा सम्मानित हुने सबैलाई  सम्मान पत्र प्रदान गरेका थिए ।

गाेयलबाहेक संघको साधारण सभामा समाजसेवी भगवानलाल साह, डा. रोशन खड्का, डा. प्रदिप गुप्ता, गायक सुमित खड्का र प्राध्यापक डिएन चौधरी पनि सम्मानित भएका छन्  । संघको ६७औं वार्षिक साधारण सभाले मोरङ व्यापार संघको नाम परिवर्तन गरेर “मोरङ उद्योग व्यापार संघ” नामाकरण गरेका छन् । कांग्रेसका वरिष्ठ नेता डा. कोइरालाले मोरङ उद्योग व्यापार संघ नामाकरण बोर्डको अनावरण गरेका थिए ।

साधारण सभामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सार्क चेम्बर अर्फ कमर्शका उपाध्यक्ष चण्डीराज ढकाल, नेपाल उद्योग परिसंघका केन्द्रिय अध्यक्ष भीम घिमिरे, परिसंघका कोशी प्रदेश अध्यक्ष डा. पवनकुमार सारडा, उद्योग संगठन मोरङ अध्यक्ष राकेश सुराना र विराट व्यापार संघका अध्यक्ष अन्शु वंजारा लगाएतकाे उपस्थिती रहेकाे थियाे । 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]