१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

पोखरीयामा मानवसागर उर्लियो

यहाँस्थित पोखरीया मा वि , को इन्ट्रान्स एक्जाममा यस्तो मानवसागर उर्लिएको हो ।
Logo
निरज बस्नेत

पोखरीया मा वि अनि मानवसागर

विराटनगर, २६ चैत
विराटनगरको पोखरीया विद्यालयमा थेगिनसक्नुको भीड उर्लिएको छ । सोमवार यहाँस्थित पोखरीया मा वि , को इन्ट्रान्स एक्जाममा यस्तो मानवसागर उर्लिएको हो । जम्मा ६ सय विद्यार्थीहरुको लागि आवेदन परेकोमा २५ सयको हाराहारीमा विद्यार्थीको आवेदन परेको थियो । सो कुराको जानकारी पोखरीया मा वि , का प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी गराए ।

प्रतिष्पर्धाका लागि शिक्षा , गुणस्तरीय शिक्षाका लागि पोखरीया भन्ने मूल स्लोगनका साथमा स्थापित यो विद्यालय वास्तवमै विराटनगरमा अरुभन्दा फरक अनि अब्बल रहदैं आएको छ । विराटनगर कोशी प्रोजेक्ट बाट , कक्षा ७ को लागि इन्ट्रान्स एक्जाम दिन भनेर आएकी , कृष्मा केसी एकदमै रमाइरहेकी थिइन् । उनी भन्दैथिइन् , ३ घण्टाको परिक्षा मैलै अढाइ घण्टामै सिध्याए । प्रश्न सजिलो अनि राम्रो लाग्यो , कृष्मा बताउँछिन् ।

आफू पास भएर कक्षा ७ मा भर्ना हुनेमा विश्वष्त रहेको समेत कृष्मा खुशी हुदै बताउँछिन् । कृष्माका अभिभावक , उनका वुवा पनि छोरीले पोखरीया विद्यालयमा पढ्न मन गरेकै कारण आफूपनि छोरीकै इच्छाका कारण यहाँ आएको बताउँछन् । यसअघि कृष्मा होलिल्याण्डमा अध्ययनरत रहेकी विद्यार्थी थिइन् ।

कृष्मा अनि कृष्माका वुवा त प्रतिनिधि मात्रै हुन् । पोखरीया विद्यालयमै आफ्नो सन्तानलाई पढाउनेको विराटनगरमा तातीनै लागेको छ । विराटनगरदेखी बाहेक नेपालका अन्य भेगबाट समेत मानिसको उर्लदो भीड पोखरीयामा देखिएको छ । साच्चैनै पोखरीया विद्यालयको पढाइको गुणस्तर राम्रो भएकैले गर्दा पनि यहीँ स्कूलनै विराटनगरको हकमा पहिलो रोजाइमा परिरहेका छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]