०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

पोखरीयामा मानवसागर उर्लियो

यहाँस्थित पोखरीया मा वि , को इन्ट्रान्स एक्जाममा यस्तो मानवसागर उर्लिएको हो ।
Logo
निरज बस्नेत

पोखरीया मा वि अनि मानवसागर

विराटनगर, २६ चैत
विराटनगरको पोखरीया विद्यालयमा थेगिनसक्नुको भीड उर्लिएको छ । सोमवार यहाँस्थित पोखरीया मा वि , को इन्ट्रान्स एक्जाममा यस्तो मानवसागर उर्लिएको हो । जम्मा ६ सय विद्यार्थीहरुको लागि आवेदन परेकोमा २५ सयको हाराहारीमा विद्यार्थीको आवेदन परेको थियो । सो कुराको जानकारी पोखरीया मा वि , का प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी गराए ।

प्रतिष्पर्धाका लागि शिक्षा , गुणस्तरीय शिक्षाका लागि पोखरीया भन्ने मूल स्लोगनका साथमा स्थापित यो विद्यालय वास्तवमै विराटनगरमा अरुभन्दा फरक अनि अब्बल रहदैं आएको छ । विराटनगर कोशी प्रोजेक्ट बाट , कक्षा ७ को लागि इन्ट्रान्स एक्जाम दिन भनेर आएकी , कृष्मा केसी एकदमै रमाइरहेकी थिइन् । उनी भन्दैथिइन् , ३ घण्टाको परिक्षा मैलै अढाइ घण्टामै सिध्याए । प्रश्न सजिलो अनि राम्रो लाग्यो , कृष्मा बताउँछिन् ।

आफू पास भएर कक्षा ७ मा भर्ना हुनेमा विश्वष्त रहेको समेत कृष्मा खुशी हुदै बताउँछिन् । कृष्माका अभिभावक , उनका वुवा पनि छोरीले पोखरीया विद्यालयमा पढ्न मन गरेकै कारण आफूपनि छोरीकै इच्छाका कारण यहाँ आएको बताउँछन् । यसअघि कृष्मा होलिल्याण्डमा अध्ययनरत रहेकी विद्यार्थी थिइन् ।

कृष्मा अनि कृष्माका वुवा त प्रतिनिधि मात्रै हुन् । पोखरीया विद्यालयमै आफ्नो सन्तानलाई पढाउनेको विराटनगरमा तातीनै लागेको छ । विराटनगरदेखी बाहेक नेपालका अन्य भेगबाट समेत मानिसको उर्लदो भीड पोखरीयामा देखिएको छ । साच्चैनै पोखरीया विद्यालयको पढाइको गुणस्तर राम्रो भएकैले गर्दा पनि यहीँ स्कूलनै विराटनगरको हकमा पहिलो रोजाइमा परिरहेका छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]