२९ आश्विन २०८३, बिहिबार
15-10-2026 , Thu
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

ज्येष्ठ नागरिकका समस्याप्रति महानगर गम्भीर

Logo
जनचर्चा संवाददाता

विराटनगर,४ बैशाख / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकका समस्या गम्भीर बन्दै गएको बताएका छन् । नयाँ वर्ष २०८१ सालका अवसरमा विराटनगर–१२ स्थित ज्येष्ठ नागरिक सेवा समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले वैदेशिक रोजगारी र युवाहरूको विदेश पलायनले ज्येष्ठ नागरिकहरू एक्लो हुँदै गएको बताए । उनले आन्तरिक रुपमा रोजगारी सिर्जना नभएसम्म विदेश पलायन हुनबाट युवालाई रोक्न नसकिने उल्लेख गरे ।

युवाको बढ्दो विदेश पलायनले ज्येष्ठ नागरिकका समस्या बढ्दै गएको उनको भनाइ थियो । “वैदेशिक रोजगारीले परिवारका कमाउने सदस्यहरू कि त खाडी गएका छन् कि त युरोप, अमेरिका, अष्टे«लिया गएका छन् । यता घरमा बूढाबूढी मात्रै पनि भएको अवस्था छ,” उहाँले थप्नुभयो, “बा–आमाको मृत्यु हुँदा चार–पाँच दिनसम्म पनि लाश नउठ्ने अवस्था छ । लाशलाई मुर्दाघरमा राखेर छोराछोरीलाई कुर्नुपर्ने अवस्था देखिएको छ । यो सबै वैदेशिक रोजगारी र युवा पलायनले गर्दा भएको हो भन्ने मलाई लाग्छ ।”

उनले ज्येष्ठ नागरिकका समस्याप्रति महानगरपालिका गम्भीर रहेको बताए । मेयर कोइरालाले ज्येष्ठ नागरिकको स्याहारसुसार गर्ने गरी महानगरले ज्येष्ठ नागरिक संरक्षण केन्द्र स्थापना गर्ने योजना रहेको बताए । “यसरी स्थापना हुने ज्येष्ठ नागरिक केन्द्रमा स्याहारसुसारसहित स्वास्थ्य सुविधा, भजनकीर्तनका साथै उहाँहरूका लागि मनोरञ्जनका सामग्रीसमेत हुनेछ,” उनले भने , “केन्द्र स्थापना गर्न सकिए साथमा छोराछोरी नभए पनि ज्येष्ठ नागरिकले एक्लो महसुस गर्नुहुने छैन ।” विराटनगरमा जन्मिएर अमेरिकामा बसोबास गर्नेहरूसित पनि यस विषयमा छलफल भएको उनले जानकारी दिए । उनले भने , “अमेरिका भ्रमणका क्रममा मैले विराटनगरलाई माया गर्ने अमेरिकामा बसोबास गर्नेहरूसित पनि कुरा गरेको छु । उहाँहरू पनि सहयोग गर्न तयार हुनुहुन्छ ।”

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले ज्येष्ठ नागरिकलाई महानगरपालिकाका तर्फबाट सहयोग गरिरहेको जानकारी दिइन् । उनले ज्येष्ठ नागरिकका लागि धेरैवटा भवन निर्माण गर्ने भन्दा पनि भएका ज्येष्ठ नागरिक भवनलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिइन् । हरेक व्यक्ति जीवनमा ज्येष्ठ नागरिक हुने बताउँदै उपमेयर कार्कीले भनिन् , “समाज र परिवारले ज्येष्ठ नागरिकलाई अनुभव र ज्ञानका खानीका रुपमा लिनुपर्छ । पछिल्लो समय कतिपयले ज्येष्ठ नागरिकलाई बोझका रुपमा पनि लिने गरेको पाइन्छ । त्यो एकदमै गलत हो ।

कार्यक्रममा कार्यबाहक वडाध्यक्ष कुशेश्वर राजवंशी, ज्येष्ठ नागरिक जिल्ला अध्यक्ष योगेश्वर निरौला, ज्येष्ठ नागरिक सेवा समितिका अध्यक्ष कृष्ण भण्डारी, विराट सामुदायिक भवनका अध्यक्ष राजेश्याम कट्टेल, कार्यक्रम संयोजक हरिप्रसाद भट्टराई, ज्येष्ठ नागरिक माधवप्रसाद राजवंशी, आयोजक संस्थाका सचिव जीवप्रसाद रेग्मी, सहसचिव कपिलमणि पौडेललगायतले ज्येष्ठ नागरिकका समस्यालाई राज्यले बेलैमा सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]