१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

इलाममा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

Logo
जनचर्चा संवाददाता

इलाम,१४ बैशाख । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि हुन लागेको उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नं २ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । वैशाख १५ गते (भोलि) हुने उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए । उनले आफूहरू निर्वाचनको अन्तिम चरणमा रहेको र मतदानको पर्खाइमार रहेको बताए । उनले निर्वाचनका लागि मतदान अधिकृत, सुरक्षाकर्मीहरू सबै ठाउँमा खटिसकेको र मतदान केन्द्रहरू पनि निर्माण भइसकेको बताए । उनले मतदानका लागि आवश्यक सामग्री पुगिसकेको बताए ।

उनले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरूले मतदान गर्न पाउने बताए । उनले मतदाताहरू मतदान गर्नका लागि उत्सुक भई मतदान स्थलहरूमा आउने र त्यहाँको स्थिति नियाल्ने काम गरिरहेको बताए । इलाम क्षेत्र नम्बर २ मा ४२ वटा वडामा मतदान हुनेछ । जसमा ७९ वटा मतदान स्थल, १४९ वटा मतदान केन्द्र रहेका छन् । त्यस्तै १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् । सबै मतदाताहरूलाई पुग्ने गरी निर्वाचनका सामग्रीको व्यवस्था गरिसकेको बताए । उनले मतदातालाई निर्भीकतापूर्वक मतदान गर्न पाउने व्यवस्था मिलाएको र सुरक्षित किसिमबाट मतपेटिका गणना स्थलमा लैजाने बताए ।

उनले भने, ‘हामी निर्वाचनको अन्तिम चरणमा छौँ । मतदानको पर्खाइमा छौँ । हाम्रा मतदान अधिकृत, सुरक्षाकर्मीहरू सबै आफ्नो आफ्नो स्थानमा खटिसक्नुभएको छ । मतदान केन्द्रहरू पनि निर्माण भइसकेको छ । लगायत मतदानका लागि आवश्यक सामग्री पुगिसकेको छ । भोलिका लागि निर्धारित समय भनेको बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म छ ।

मतदाताहरू पनि इच्छुक भएर मतदान केन्द्रमा आउने, हाम्रा गतिविधिहरू निरीक्षण गर्नुभएको छ । इलाम क्षेत्र नम्बर २ मा ४२ वटा वडामा मतदान हुनेछ । यसमा ७९ वटा मतदान स्थल छन् । १४९ वटा मतदान केन्द्र छन् । १ लाख १५ हजार ८ सय ८९ मतदाता रहनुभएको छ । यो सङ्ख्यामा पुग्नेगरी मतपत्र लगायतका सामग्री तयार पारिसकेका छौँ । अहिले हामीसँग करिब २,२२५ को सङ्ख्यामा सुरक्षा टोली छ । मतदातालाई निर्भीकतापूर्वक मतदान गर्न पाउने व्यवस्था मिलाएका छौँ । सुरक्षित किसिमले मतपेटिका सम्बन्धित ठाउँमा लग्नेछौँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]