२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

इलाममा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

Logo
जनचर्चा संवाददाता

इलाम,१४ बैशाख । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि हुन लागेको उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नं २ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । वैशाख १५ गते (भोलि) हुने उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए । उनले आफूहरू निर्वाचनको अन्तिम चरणमा रहेको र मतदानको पर्खाइमार रहेको बताए । उनले निर्वाचनका लागि मतदान अधिकृत, सुरक्षाकर्मीहरू सबै ठाउँमा खटिसकेको र मतदान केन्द्रहरू पनि निर्माण भइसकेको बताए । उनले मतदानका लागि आवश्यक सामग्री पुगिसकेको बताए ।

उनले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरूले मतदान गर्न पाउने बताए । उनले मतदाताहरू मतदान गर्नका लागि उत्सुक भई मतदान स्थलहरूमा आउने र त्यहाँको स्थिति नियाल्ने काम गरिरहेको बताए । इलाम क्षेत्र नम्बर २ मा ४२ वटा वडामा मतदान हुनेछ । जसमा ७९ वटा मतदान स्थल, १४९ वटा मतदान केन्द्र रहेका छन् । त्यस्तै १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् । सबै मतदाताहरूलाई पुग्ने गरी निर्वाचनका सामग्रीको व्यवस्था गरिसकेको बताए । उनले मतदातालाई निर्भीकतापूर्वक मतदान गर्न पाउने व्यवस्था मिलाएको र सुरक्षित किसिमबाट मतपेटिका गणना स्थलमा लैजाने बताए ।

उनले भने, ‘हामी निर्वाचनको अन्तिम चरणमा छौँ । मतदानको पर्खाइमा छौँ । हाम्रा मतदान अधिकृत, सुरक्षाकर्मीहरू सबै आफ्नो आफ्नो स्थानमा खटिसक्नुभएको छ । मतदान केन्द्रहरू पनि निर्माण भइसकेको छ । लगायत मतदानका लागि आवश्यक सामग्री पुगिसकेको छ । भोलिका लागि निर्धारित समय भनेको बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म छ ।

मतदाताहरू पनि इच्छुक भएर मतदान केन्द्रमा आउने, हाम्रा गतिविधिहरू निरीक्षण गर्नुभएको छ । इलाम क्षेत्र नम्बर २ मा ४२ वटा वडामा मतदान हुनेछ । यसमा ७९ वटा मतदान स्थल छन् । १४९ वटा मतदान केन्द्र छन् । १ लाख १५ हजार ८ सय ८९ मतदाता रहनुभएको छ । यो सङ्ख्यामा पुग्नेगरी मतपत्र लगायतका सामग्री तयार पारिसकेका छौँ । अहिले हामीसँग करिब २,२२५ को सङ्ख्यामा सुरक्षा टोली छ । मतदातालाई निर्भीकतापूर्वक मतदान गर्न पाउने व्यवस्था मिलाएका छौँ । सुरक्षित किसिमले मतपेटिका सम्बन्धित ठाउँमा लग्नेछौँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]