१६ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

माेरङ्गमा ईभी बनाउने सम्झाैता

Logo
जनचर्चा संवाददाता

विराटनगर,१८ बैशाख। चिनियाँ लगानीमा माेरङ्गमा विद्युतीय गाडी नेपालमै बनाउने सम्झौता भएको छ ।

कोशी एनके मोटर्स र चिनियाँ कम्पनी सिमेन गोल्ड ड्रागन अटो बडी को लिमिटेडबीच सम्झौता भएको हो । शैक्षिक क्षेत्रमा लगानी गरेका टिकाराम पुरीको कम्पनीले नेपालमा गाडी उत्पादन गर्न चिनियाँहरुसंग समझदारी गरेको छ ।

चिनियाँ कम्पनीले लगानी सम्मेलन अवसर पारेर नेपालको कोसी एनके मोटर्ससँगको सहकार्यमा वार्षिक पाँच हजार थान बढी बिजुली गाडी उत्पादन गर्ने सम्झौता गरेको हो । नेपालमा चारपांग्रे गाडी उत्पादन गर्ने बताइएको छ । चीनमा भएको सम्झौतामा पहिलो चरणमा ३ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ ।

सो अवसरमा कम्पनीले प्लान्टका लागि माेरङ्गको बूढीगंगामा १५ बिघा जग्गा लिइसकेको पुरीले जानकारी दिए । कम्पनीले १४, १८ र १२ सिटे क्षमताका कमर्सियल गाडी उत्पादन गर्नेछ । पुरी निजी विद्यालयको छाता संगठनका पूर्वअध्यक्षसमेत हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]