२८ आश्विन २०८३, बुधबार
14-10-2026 , Wed
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

माेरङ्गमा ईभी बनाउने सम्झाैता

Logo
जनचर्चा संवाददाता

विराटनगर,१८ बैशाख। चिनियाँ लगानीमा माेरङ्गमा विद्युतीय गाडी नेपालमै बनाउने सम्झौता भएको छ ।

कोशी एनके मोटर्स र चिनियाँ कम्पनी सिमेन गोल्ड ड्रागन अटो बडी को लिमिटेडबीच सम्झौता भएको हो । शैक्षिक क्षेत्रमा लगानी गरेका टिकाराम पुरीको कम्पनीले नेपालमा गाडी उत्पादन गर्न चिनियाँहरुसंग समझदारी गरेको छ ।

चिनियाँ कम्पनीले लगानी सम्मेलन अवसर पारेर नेपालको कोसी एनके मोटर्ससँगको सहकार्यमा वार्षिक पाँच हजार थान बढी बिजुली गाडी उत्पादन गर्ने सम्झौता गरेको हो । नेपालमा चारपांग्रे गाडी उत्पादन गर्ने बताइएको छ । चीनमा भएको सम्झौतामा पहिलो चरणमा ३ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ ।

सो अवसरमा कम्पनीले प्लान्टका लागि माेरङ्गको बूढीगंगामा १५ बिघा जग्गा लिइसकेको पुरीले जानकारी दिए । कम्पनीले १४, १८ र १२ सिटे क्षमताका कमर्सियल गाडी उत्पादन गर्नेछ । पुरी निजी विद्यालयको छाता संगठनका पूर्वअध्यक्षसमेत हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]