२५ पुष २०८२, शुक्रबार
09-01-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

गर्मी न्युनीकरणका लागी रेडक्रस र विराटनगर महानगरले “हिट एक्सन प्लान” बनाउने

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, बैशाख २६, २०८१

विराटनगर२५ बैशाख । पछिल्लो समय तराइका क्षेत्रमा बढेको तापमान बृद्धीका विषयलाई लिएर चिन्ता व्यक्त गरिएको छ । मानव स्वास्थ्यसहित पशुस्वास्थ्य र वनस्पतिमा पर्ने असरलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर नेपाल रेडक्रस सोसाइटी र विराटनगर महानगरले हिट एक्सन प्लानको अवधारणा तय गरेको छ ।

कोशी प्रदेशमा विराटनगर महानगरलाई पहिलो प्राथमिकतामा राखेर यो प्लान ल्याइएको हो । विराटनगर महानगरका मेयर नागेश कोइरालाले मंगलबार यस कार्यक्रमको आधिकारिकरुपमा अगाडि वढेको बताएका छन् । तातो हावाले निम्त्याउने समस्यालाई समयमै नबुझे जटिल बन्दै जाने र भविष्यमा समेत गम्भिर असर पर्ने भन्दै कोइरालाले हिट एक्सन प्लान बनाएको बताए । यसका लागि सवै नगरवासीको सहयोग आवश्यक रहने औल्याए ।

, ‘मानव स्वास्थ्यमा हिटको असर के हुन्छ भनेर धेरै वटा देशले हिट एक्सन प्लान इन हेल्थ बनाइसकेका छन् । स्वास्थ्य क्षेत्रमा हिटको प्रभाव भनेर गाइडलाइन बनाएको पाइन्छ । विराटनगर महानगरले त्यो गाइडलाइनलाई पालना गर्नका लागि तदारुकता देखाएको छ । केही दिन अगाडि विराटनगरको तापक्रम झण्डै ४० देखी ४१ डिग्री मापन भएको थियो ।

कार्यक्रममा बोल्दै रेडक्रस कोशी प्रदेशका प्लानिङ अफिसर किरण सेढाईले तराईमा ४५ डिग्री तापक्रम सम्म दुई वा दुई दिन भन्दा बढी रह्यो भने रेड अलर्टतिर जाने र ४७ डिग्रीभन्दा माथि गए त्यो एक्स्ट्रिम हिटको अवस्था रहने हुदा यस्ता कुराहरुलाई ध्यान दिनुपर्ने बताए । उनले भने भारतका धेरै जसो भू भागमा गत साल ४७ डिग्री नाघेको थियो, यस वर्ष पनि नाघ्ने देखिन्छ । नेपालमा पनि त्यो सम्भावना नकार्न सकिँदैन । पहाडमा ३० डिग्री भन्दा बढी भयो भनेपनि त्यो हिट वेभ हो । ठाउँअनुसार थ्रेसहोल्ड हुन्छ । तापक्रम वृद्धि भयो, लू भयो भनेर मात्रै हुँदैन । यसलाई हामीले प्रभावमा आधारित पूर्वसूचनाको रूपमा पनि लैजानुपर्छ ।’

सेढाइले रेडक्रसले बनाएको नीति अनुरुप विराटनगर महानगर संग सहकार्य गरी विराटनगरमा हिट एक्सन प्लान बनाइएको बताए । विराटनगरमा हालैका दिनहरुमा देखिएको औशत तापक्रम विगत भन्दा बढीनै रहेको र आगामि दिनहरु अझ जटिल हुने हुदा यो कामको थालनी भएको बताए ।

यस्तै रेडक्रस मोरङका सभापति सुवोध कुमार सिंहले विपत पर्नु अगावै समस्या न्यूनिकरणका काम गर्न सकिने बताए । रेडक्रसले विराटनगर महानगर संग हिट एक्सन प्लान वनाउन पाउदा खुसी भएको प्रतिक्रिया दिए । उनले आगामी दिनहरुमा यस प्लान अन्तरगत समस्या न्यूनिकरणमा फलदायी कार्यक्रमहरु सम्पन्न हुनेमा आशावादी रहेको बताए ।

अत्याधिक तातो बढे के गर्ने त भन्ने विषयमा रेडक्रसले केही जनचेतनामूलक सन्देशहरु प्रवाह समेत गरेको छ ।

गर्मीबाट बच्न के गर्ने ? के नगर्ने ? 

घरमै बस्ने ।

बसेको स्थानमा चिसो अवस्था कायम गर्ने ।

मध्यान्ह ११ बजेदेखि दिउँसो ३ बजेसम्म घर, कार्यालय बाहिरि हिँडडुल कम गर्ने, गर्नैपरे, छातालगायतको प्रयोग गरेर मात्रै हिँडडुल गर्ने ।

गर्मीको बढी असर मुटुका बिरामी, बालबालिका, गर्भवती महिलालाई हुने भएकाले सम्बन्धित व्यक्तिहरूले स्वास्थ्यमा ध्यान दिने, सावधानी अपनाउने ।

गर्मीको प्रभाव न्यूनीकरण गर्न स्वास्थ्यचौकीदेखि अस्पतालसम्मको अवस्था नियाल्ने र तयारी अवस्थामा राख्ने ।

स्वास्थ्यकर्मीरस्वास्थ्य स्वयंसेविकाहरूलाई गर्मीबाट बच्ने अवस्थाको बारेमा तालिम दिने ।

खानेकुरामा सावधानी अपनाउनेः जस्तै चिया कफीको ठाउँमा लस्सी, मोही, दही, पुँदिनाको रस, चामल पखालेको -चौलानी- खाने ।

प्रोटिनयुक्त खानेकुरा कम गर्नेरनखाने । जस्तैः दूध, माछा मासु आदि ।

लू बाट बच्ने घरेलु उपायः
घरबाहिर निस्किँदा छाताको प्रयोग गर्ने।

घाममा निस्किँदा टाउको छोप्ने कपडाको प्रयोग गर्ने ।

घरबाट बाहिर निस्कनु पर्‍यो भने चिसो पानी र चिसो सर्वत पिएर मात्रै निस्किने ।

गर्मीबाट हिँडेर आउने बित्तिकै तत्काल चिसो पानी नपिउने ।

गर्मी समयमा बारम्बार पानी पिइराख्ने ।

पानीमा कागती हालेर र नुन मिसाएर दिनमा तीन पटक जति पानी पिउने ।

गर्मीमा बाहिर जाँदा खाली पेट नहिँड्ने ।

गर्मीमा कम खाना खाने बानी बसाल्ने ।

खानामा दही अनिवार्य गर्ने ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]

विराटनगर,१७ पुस । हरेक वर्ष पुस १७ गते मनाइँदै आएको राष्ट्रिय पोशाक दिवस आज नेपालसहित विश्वभर रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्।विदेशी संस्कृति र पहिरनको बढ्दो प्रभावका कारण नेपाली मौलिकता संकटमा पर्न थालेपछि त्यसको प्रतिकारस्वरूप यो अभियान सुरु गरिएको अभियन्ताहरूले बताएका छन्। ढाका तथा भादगाउँले टोपी नेपालीपनको प्रतीकका रूपमा विश्वभर चिनिएको भन्दै यसको ऐतिहासिक र […]

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्। कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, […]