२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

छुटेकाहरुलाई पोलियो विरुद्धको खोप दिइदै

Logo
जनचर्चा संवाददाता

विराटनगर,७ जेठ । देशभर पोलियो विरुद्धको आईपीभी राष्ट्रिय खोप अभियान जेठ १३ देखि २६ गते सम्म सञ्चालन हुने भएको छ । जसमा वि.स.२०७३ साल देखि २०७५ असोज सम्म खोप लााउन छुटेकाहरुलाई समेटिने छ । ती सालहरुमा खोपको उपलब्धता नभएका कारण देशभरका बालबालिका खोपबाट बन्चित भएका थिए ।

उक्त कार्यक्रम अन्तरगत मोरङमा मात्रै ५२ हजार ३५२ बालबालिकालाई खोप लगाइने तयारी गरिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । डा. मेहताले मोरङमा खोप अभियान प्रभावकारी हुने गरेको बताए ।

आई।पि।भी। खोप अभियानबारे आज स्वास्थ्य कार्यालय मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत खेम भण्डारीले सन २०२६ सम्ममा पोलियो उन्मुलन गर्ने विश्वव्यापी लक्ष्य रहेको बताए ।

पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिलाई पक्षघात हुनसक्ने र पक्षघात भईसकेपछि निको नहुने बताए । पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिको मृत्यु समेत हुनसक्ने खोप अधिकृत भण्डारीले बताए ।

६७२ वटा खोप केन्द्रबाट ५ वर्षदेखि ८ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइनेछ। मोरङका १७ स्थानीय तहका १,०६७ विद्यालयका बालबालिकालाई खोप लगाइने तयारी गरिएको छ। सबैभन्दा धेरै १८,८६४ जना बालबालिका विराटनगरमा छन्, जहाँ ११६ केन्द्रबाट खोप दिइनेछ। अन्य क्षेत्रगत रूपमा, सुनवर्षीमा ३,६०१, रंगेलीमा २,९०८, बुढीगंगामा २,९०४, कटहरीमा २,५७८, धनपालथानमा ३,५३८, जहदामा ३,१६६, लेटाङमा २,२७७, केराबारीमा १,६६८, सुन्दरहरैचामा ८,६०४, बेलबारीमा ४,३९२, कानेपोखरीमा २,२७९, पथरीशनिश्चरेमा ४,३१२ र उर्लाबारीमा ४,८२२ बालबालिकालाई खोप दिइनेछ।

खोप अभियान सफल बनाउन स्वास्थ्य कार्यालय मोरङले स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक, खोपकर्मी र शिक्षकहरूलाई अभिमुखीकरण गरायो। ७८३ जना स्वास्थ्यकर्मी र १,७८ जना स्वयंसेविका परिचालन हुनेछन्। विद्यालयमा अध्ययनरत बालबालिकालाई विद्यालयमै खोप दिइनेछ भने अरूलाई बाह्य केन्द्रबाट खोप प्रदान गरिनेछ।

देशव्यापी अभियानलाई सवै पक्षले साथ दिन आवस्यक रहेको जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक अजम्वर राईले बताए । उनले अभियानलाई सफल बनाउन स्थानीय सरकारको पूर्ण सहयोग आवस्यक रहेको उल्लेख गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]