१४ माघ २०८२, मंगलबार
27-01-2026 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगर इस्कोनमा महाविष्णु स्वामीमहाराजको प्रवचन

Logo
जनचर्चा संवाददाता

विराटनगर,८ जेठ / अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) का प्रमुख श्रीमत् महाविष्णु स्वामीमहाराजलाई मंगलबार विराटनगरमा भव्य स्वागत गरिएको छ । इस्कोन नेपालको विराटनगर शाखाका सचिव भानुभक्त जोशी सहित पदाधिकारीहरूले स्वामीलाई स्वागत गर्नु भएको थियो ।

मंगलबार विराटनगर आइपुग्ुनु भएका स्वामीले विराटनगर, धरान र झापाको कार्यक्रममा सहभागिता जनाउनु हुने भएको छ । बेलायतमा जन्मिएका स्वामी महाराज सन् १९७७ देखि नेपालमा वैद्धिक सनातन तथा हिन्दु धर्मको संरक्षण, सम्वर्द्धन कार्यमा सक्रिय रहन्ु भएको छ । उहाँले मंगलबार मंगल आशिर्वाद र प्रवन गरेर भक्तहरुलाई सन्देश प्रवाह गर्नु भएको थियो । स्वामीको यो आगमनलाई पूर्व क्षेत्रमा अत्यन्तै श्रद्धापूर्वक हेरिएको छ ।

प्रवचन कार्यक्रममा बोल्दै स्वामीले कुनैपनि ज्ञान पूर्वीय र पश्चिमा नहुने र यसलाई अझ व्यापकता प्रदान गर्नुपर्ने बताउनु भयो । सनातन संस्कृति अत्यन्तै बलियो रहेको भन्दै उहाँले मानिसहरुलाई ज्ञान धारण गर्न आग्रह गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]