२९ आश्विन २०८३, बिहिबार
15-10-2026 , Thu
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली

Logo
जनचर्चा संवाददाता

काठमाडौँ ,२७ जेठ ।  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको  आंशिक  प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको भईरहेको रहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सदूररपश्चिम प्रदेशका थोरै स्थानहरुमा हावा हुरीको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको थोरै  स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]