१६ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

टी-२० विश्वकपमा आईतबार भारत र पाकिस्तानपनि भिड्दै

Logo
जनचर्चा संवाददाता

काठमाडौं ,२७ जेठ ।  जारी टी-२० विश्वकपअन्तर्गत आईतबार तीन खेल हुँदै छन्। आज पहिलो खेल समूह सी अन्तर्गत वेस्ट इन्डिज र युगाण्डाबीच भइरहेको छ। गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि सुरु भएको हो।

वेस्ट इन्डिज र युगाण्डाबीच पहिलो पटक टी-२० खेल हुन लागेको हो। जारी विश्वकपमा वेस्ट इन्डिजले पहिलो खेलमा पिएनजीलाई पराजित गरेर २ अंक हासिल गरेको छ। त्यस्तै, युगाण्डाले भने यस अघि खेलेका २ मध्ये एक जित र एक हार बेहोरेको छ। युगाण्डा आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो भने दोस्रो खेलमा पिएनजीमाथि ऐतिहासिक जित हासिल गरेको थियो।

आज दोस्रो खेल समूह ए अन्तर्गत भारत र पाकिस्तानबीच हुँदैछ। न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८:१५ बजेदेखि सुरू हुने छ।

यस खेललाई यस विश्वकपकै सबैभन्दा ठूलो खेल भनिएको छ। जारी विश्वकपमा भारतले आयरल्याण्डविरुद्ध जित हासिल गरेर सुखद सुरुआत गरेको छभने पाकिस्तानले आफ्नो पहिलो खेलमा अमेरिकासँग हार बेहोरेर खराब सुरुआत गरेको छ। भारत र पाकिस्तानबीच अहिलेसम्म कुल १२ टी-२० खेल भएका छन्। जसमा भारतले ९ खेलमा जित हासिल गरेको छभने पाकिस्तानले ३ खेल जितेको छ।

त्यस्तै टी-२० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ७ पटक आमने सामने भएका छन्। जसमा भारतले ५ पटक जितेको छ भने पाकिस्तानले एक पटक जितेको छ। त्यस्तै एक खेल अनिर्णित बनेको थियो। त्यसैगरी आज तेस्रो खेल समूह बी अन्तर्गत ओमान र स्कटल्याण्डबीच हुँदै छ। एन्टीगास्थित सर भिभीयन रिचार्ड स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति १०:४५ बजेदेखि सुरू हुने छ।

जारी विश्वकपमा ओमानले आफ्ना दुवै खेलमा हार बेहोरेको छ। ओमानले नामिबिया र अस्ट्रेलियासँग हार बेहोरेको थियो। त्यस्तै स्कटल्याण्डले भने नामिबियालाई पराजित गरेको थियो भने इङल्याण्डसँगको खेल वर्षाले रद्ध हुँदा एक अंक हासिल गरेको थियो।ओमान र स्कटल्याण्डबीच अहिलेसम्म कुल ४ टी-२० भएका छन्। जसमा चारै खेल स्कटल्याण्डले जितेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]