१८ माघ २०८२, शनिबार
31-01-2026 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

एन एम वि बैंक विराटनगरको आयोजनामा रक्तदान सम्पन्न

Logo
जनचर्चा संवाददाता

विराटनगर, असार २ । एन एम वि बैंक विराटनगरले विश्व रक्तदाता दिवसको अबसरमा नेपाल रेडक्रस सोसाइटी विराटनगरसँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकको विराटनगर शाखामा आयोजना गरिएको कार्यक्रममा बैंकका कर्मचारीहरूको उत्साहप्रद सहभागिता रहेको थियो।

रक्तदान कार्यक्रममा कूल ३७ जना रक्तदाताले रक्तदान गरेको कार्यक्रममा बैंकका कर्मचारी तथा सेवाग्राही एवम् रक्तदाताको उल्लेखिय सहभागिता रहेको कार्यक्रम संयोजक सन्तोष प्रसाद दाहालले जानकारी दिनुभयो । रक्तदाता कर्मचारी तथा सर्वसाधारणलाई सम्मान स्वरूप बैंकका विराटनगर शाखा प्रमुख रमेश अधिकारीले प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

माेरङ्ग, माघ १७ । नेपाली कांग्रेसले आगामी चुनावका लागि तीव्र रूपमा घोषणापत्र बनाउने तयारी थालेको छ। पार्टीले यसपटक ‘भिजन-टेन’ र ‘डोजेन भिजन’ अन्तर्गत बढीमा एक दर्जन प्रतिबद्धतामात्र समेटेर छोटो र बुँदागत घोषणापत्र ल्याउने तयारी गर्दैछ। पार्टीका महामन्त्री गुरुराज घिमिरेले शुक्रबार मोरङको बनीगमामा पार्टीका कार्यकर्ताहरूको बैठकलाई सम्बोधन गर्दै पार्टीकाे घाेषणा पत्र तयारीसम्बन्धी जानकारी दिएका हुन्। घिमिरेले […]

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]