१३ माघ २०८२, सोमबार
26-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

आठ देशका लागि राजदूत सिफारिस, को को परे ?

Logo
जनचर्चा संवाददाता

काठमाडौं ,७ असार । सरकारले आठ देशमा राजदूत सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आठ देशका लागि राजदूत सिफारिस गरेको हो।

सरकारका पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी भारतका लागि राजदूतमा सिफारिस भएका छन्। यस्तै, अमेरिकाका लागि चन्द्रकुमार घिमिरे राजदूतमा सिफारिस भएका छन्।

यस्तै, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कको लागि सुम्निमा तुलाधर, मलेसियाको लागि नेत्रप्रसाद तिमल्सिना, बेलायतका लागि डा.विजन पन्त, स्पेनका लागि डा. पुष्पराज राजकर्णिकार र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई राजदूतमा सिफारिस गर्ने निर्णय भएको कानुनमन्त्री पदम गिरीले जानकारी दिए।

यसैगरी सरकारले अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्य कार्यक्षेत्र रहने गरी सञ्जीवकुमार शर्मा र भिक्टोरिया राज्य कार्यक्षेत्र रहने गरी निराजन गौडेललाई अवैतानिक राजदूतमा नियुक्त गर्ने निर्णय गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एयरपोर्टमा आफूलाई चेकिङको नाममा दुःख दिने काम भएको गुनासो गरेका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो (शुक्रबार) झापाबाट फर्किने क्रममा एयरपोर्टमा निकै दुःख पाएको गुनासो सुनाएका हुन् । ‘अस्ती यताबाट म झापा जाँदा मलाई राम्रो नै व्यवहार गरिएको थियो एयरपोर्टहरुमा […]

काठमाडौं, ११ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरहरुबाट बचाउनको लागि देशभक्त र राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो औंल्याएका छन् । उनले केपी ओली, आरजु राणा र रमेश लेखकहरुले जेनजी आन्दोलनमा दमन गरेको र युवाहरुको हत्या गरेको भन्दै एउटा कित्तामा राखेका छन् । उता, जेनजी […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]