०५ कार्तिक २०८३, बुधबार
21-10-2026 , Wed
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

मिस कोशीको फाइनलमा २६ प्रतिस्पर्धी भिड्दै

Logo
जनचर्चा संवाददाता

विराटनगर,असार १४। आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताको फाइनलमा २६ जना प्रतिस्पर्धीले उपाधिको लागि प्रतिस्पर्धा गर्दैछन् । जय मिडिया म्यानेजमेन्ट प्रालिकोे आयोजनामा असारको अन्तिम साता हुने उक्त प्रतियोगिताको फाइनलमा २६ जना पुगेका हुन् ।

फाइनलमा गोर्खाकी सबिता भट्ट, मोरङ मिक्लाजुङकी रिया आचार्य, बेलबारीकी, हेखां चामलिगं राई, इटहरीकी एलिजा केशी, संस्कृती ओझा, स्वस्तिका राई, कल्पना सहनी, शुभ लक्ष्मी राई, बबिना मगर , कटहरीकी सन्जना कुमारी राजबंशी, भोजपुरकी आलिया राई, निकिता राइ रहेकी छिन् । यस्तै धरानकी रेशु राई, रोमिका राई, निशा हागंमा लिम्बु, इना खापुङ, जेनिफर राई, समिस्टा बि.क, करुना गजमेर रहेकी छिन् । यसैगरी बराहक्षेत्रकी सृजना थापा, विराटनगरकी गिता अधिकारी, जुम्लाकी कृती श्रेष्ठ, रतुवामाईकी निगम मोक्तान तामाङ, सिरहाकी सुजिता कुमारी साह, उर्लाबारकिी रोजिना खड्का र धनकुटाकी दृष्टी कार्की फाइनलमा पुगेकी छिन् ।

जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा प्रत्येक वर्ष मिस कोशी प्रतियोगिता हुँदै आएको छ । आठौं संस्करणको मिस कोशी केही फरक र भव्य र सभ्य तरिकाले हुने जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए । प्रतियोगिताको बिजेताले नगद १ लाख र विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछन् ।
प्रतियोगिहरुले यसअघि ट्यालेन्ट शो पनि देखाएका छन् । उनीहरुले आफ्नो रुची अनुसारको प्रतिभा ट्यालेन्ट राउन्डमा देखाए । फाइनलमा पुगेका प्रतियोगिहरु अहिले बन्द प्रशिक्षणमा रहेका छन् । उनीहरुले बन्द प्रशिक्षणमा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञहरुबाट फाइनलमा पुगेका प्रतियोगिहरुलाई प्रशिक्षण दिदै आएका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]