३० आषाढ २०८३, मंगलबार
14-07-2026 , Tue
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

पब-जी खेल्न नदिएपछि छोराले बुवाको टाउको काटे

शुरुमा खुट्टा काटे, त्यसपछि टाउको शरिरबाट आलग पारिदिए
Logo

काठमाडौं, भाद्र २५
कर्नाटकको बेलगावी जिल्लामा एक २१ वर्षिय युवाले आफ्नो बुवाको टाउको काटी हत्या गरेका छन् । ति युवकलाई उनको बुवाले मोबाईलमा पब जी गेम खेल्न नदिएपछि रिसको झोकमा टाउको काटिदिएको बताईएको छ ।
रघुवी कुंभर नाम गरेका ति युवालाई पबजीको एडिक्सन भईसकेका प्रहरीको भनाई छ । बेलगावीको पुलिस कमिश्नर बीएस लोकश कुमार भन्छन् ‘ युवकलाई पबजीको नाशा थियो, पब जी खेल्नका लागी मोबाईल रिर्चाज गराउन अग्रह गर्दा उनको बुवाले मानेनन् ’
सोही कारणले गर्दा बुवा छोरा विच झगडा हुन पुगेको थियो । झगडा शुरु भएसँगै उनले आफ्नो आमालाई कोठा बाहिर निकालेर बुवाको खुटा काटी दिए । त्यसपश्च्यात उनले बुवाको टाउको काटी शरीरवाट छुट्याई दिएका थिए ।
यस घटनालाई देखेपछि युवकको आमा चिच्याउदै घरबाट बाहिर निक्लेका थिईन् । छिमेकीले उक्त कुरा थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । हाल ति युवक प्रहरीको नियन्त्रणमा छन् ।
उनका बुवा शेखरप्पा रेवप्पा कुंभर रिटार्यड प्रहरी थिए । उनले छोराको हिंसात्मक व्यवहारको बारेमा एकदिन अघि प्रहरीमा रिर्पोट समेत गराएका थिए । उनलाई पबजी खेल्न नदिएपछि आफ्नो तथा छिमेकिको घरको झ्यालमा ढुङ्गा हान्ने गरेको बताईएको छ । डाक्टरहरुको अनुसार गेजको क्रजका कारण ति युवकको मनसिक सन्तुलन खलबलिएको बताइएको छ । उक्त घटना १० सेप्टेम्बरको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]