०६ कार्तिक २०८३, बिहिबार
22-10-2026 , Thu
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

पब-जी खेल्न नदिएपछि छोराले बुवाको टाउको काटे

शुरुमा खुट्टा काटे, त्यसपछि टाउको शरिरबाट आलग पारिदिए
Logo

काठमाडौं, भाद्र २५
कर्नाटकको बेलगावी जिल्लामा एक २१ वर्षिय युवाले आफ्नो बुवाको टाउको काटी हत्या गरेका छन् । ति युवकलाई उनको बुवाले मोबाईलमा पब जी गेम खेल्न नदिएपछि रिसको झोकमा टाउको काटिदिएको बताईएको छ ।
रघुवी कुंभर नाम गरेका ति युवालाई पबजीको एडिक्सन भईसकेका प्रहरीको भनाई छ । बेलगावीको पुलिस कमिश्नर बीएस लोकश कुमार भन्छन् ‘ युवकलाई पबजीको नाशा थियो, पब जी खेल्नका लागी मोबाईल रिर्चाज गराउन अग्रह गर्दा उनको बुवाले मानेनन् ’
सोही कारणले गर्दा बुवा छोरा विच झगडा हुन पुगेको थियो । झगडा शुरु भएसँगै उनले आफ्नो आमालाई कोठा बाहिर निकालेर बुवाको खुटा काटी दिए । त्यसपश्च्यात उनले बुवाको टाउको काटी शरीरवाट छुट्याई दिएका थिए ।
यस घटनालाई देखेपछि युवकको आमा चिच्याउदै घरबाट बाहिर निक्लेका थिईन् । छिमेकीले उक्त कुरा थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । हाल ति युवक प्रहरीको नियन्त्रणमा छन् ।
उनका बुवा शेखरप्पा रेवप्पा कुंभर रिटार्यड प्रहरी थिए । उनले छोराको हिंसात्मक व्यवहारको बारेमा एकदिन अघि प्रहरीमा रिर्पोट समेत गराएका थिए । उनलाई पबजी खेल्न नदिएपछि आफ्नो तथा छिमेकिको घरको झ्यालमा ढुङ्गा हान्ने गरेको बताईएको छ । डाक्टरहरुको अनुसार गेजको क्रजका कारण ति युवकको मनसिक सन्तुलन खलबलिएको बताइएको छ । उक्त घटना १० सेप्टेम्बरको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]