३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सिक्किममा ४.४ रेक्टर स्केलको भूकम्प, नेपालकाे पुर्वीभागमा समेत धक्का महशुस

Logo
जनचर्चा संवाददाता

विराटनगर, साउन २५ ।  शुक्रबार बिहान सिक्किममा ४.४ रेक्टर स्केलको भूकम्प गएको छ। भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार, भूकम्पको केन्द्रबिन्दु सिक्किमको सोरेङआसपास रहेको थियो। स्थानीय समयअनुसार बिहान ६:५७ मा गएको यस भूकम्पको गहिराइ १० किलोमिटर रहेको जनाइएको छ।

भूकम्पको प्रभाव व्यापक रूपमा महसुस गरिएको छ। सिक्किम र दार्जीलिङसहित पश्चिम बंगालका केही जिल्लाहरूमा यसको धक्का महसुस गरिएको छ ।  साथै, नेपालको पूर्वी भेगमा पनि भूकम्पको झड्का महसुस गरिएकाे छ। यसैगरी, बंगलादेश र भुटानका केही क्षेत्रहरूमा समेत भूकम्पको प्रभाव परेको जानकारी प्राप्त भएको छ। विराटनगरमा पनि भुकम्पकाे धक्का महशुस भएकाे छ  ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]