१३ माघ २०८२, सोमबार
26-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

राधाकृष्ण रथयात्रामा हेलिकप्टरबाट पुष्पबृष्टि गरिने

Logo
जनचर्चा संवाददाता

विराटनगर,७ भदौ । श्रीकृष्णजन्मष्टमीको भोलिपल्ट भदौ ११ गते  राधाकृष्ण मन्दिर विराटनगर–१ बाट  निकालिने ९३ औँ संस्करणको  राधाकृष्ण रथयात्रामा हेलिकप्टरबाट पुष्पबृष्टि गरिने भएको छ । राधाकृष्ण रथयात्रा समितिद्वारा विहिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नौ किलोमिटर यात्राको क्रममा पुष्पबृष्टि गर्नुका साथै ड्रोन र सिसि टिभिबाट सुरक्षा व्यवस्था कायम गरिने जानकारी दिइयो ।
प्यागोडा शैलीमा बनाइएको उक्त रथको लम्वाई २२ फिट, चौडाई १४ र  उचाइ १८ फिट रहने छ  भने रथको अग्र भाग जुआबाट ७५ फिट लम्वाईका दायाँ र बायाँ पट्टि फैलिएका लठृा(डोरी)लाई पुरुष र महिला भक्तजनहरुलाई तानी रथ सञ्चालन गर्ने परम्परा रहि आएको छ । रथको अग्रभागमा विभिन्न धार्मिक,  जातजाति,सम्प्रदायका संस्कृति झल्कने झाँकी एवं भजन मण्डलीहरु रहने रथयात्रा समारोहका अध्यक्ष कैशाल रेग्मीले जानकारी दिए । रथयात्रा  नगर क्षेत्रका ४३ स्थानमा भक्तजनहरुलाई पूजाअर्चना एवं दर्शन लागि रोक्ने व्यवस्था गरिएको छ।
उक्त रथयात्रामा  मोरङ, सुनसरी, झापा, सप्तरी र सीमावर्ती भारतीय जिल्लाका समेत गरि करीव सात  लाख भक्तजनहरुको सहभागिता हुने  अनुमान गरिएको छ।
विस १९८८ देखि खटयात्रा र विस २०२७ सालबाट रथयात्रा निकालिन थालिएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  अपरान्ध ३ः३० बजे रथयात्राको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एयरपोर्टमा आफूलाई चेकिङको नाममा दुःख दिने काम भएको गुनासो गरेका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो (शुक्रबार) झापाबाट फर्किने क्रममा एयरपोर्टमा निकै दुःख पाएको गुनासो सुनाएका हुन् । ‘अस्ती यताबाट म झापा जाँदा मलाई राम्रो नै व्यवहार गरिएको थियो एयरपोर्टहरुमा […]

काठमाडौं, ११ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरहरुबाट बचाउनको लागि देशभक्त र राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो औंल्याएका छन् । उनले केपी ओली, आरजु राणा र रमेश लेखकहरुले जेनजी आन्दोलनमा दमन गरेको र युवाहरुको हत्या गरेको भन्दै एउटा कित्तामा राखेका छन् । उता, जेनजी […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]