०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

आत्महत्या रोकथाम सम्बन्धि तालिम विराटनगरमा सम्पन्न

Logo
जनचर्चा संवाददाता

विराटनगर, भदाै १६ । आत्महत्या रोकथाम सहजिकरण सम्बन्धि तालिम शनिबार विराटनगरमा समपन्न भएको छ । आत्महत्या रोकथाम एंव निरुत्साहित गर्न त्यसको जोखिम र पहिचानका विषयमा साे तालिममा सहभागीहरुलाई प्रशिक्षित गराईएकाे छ ।
विराटनगर महानगरपालिकाको समन्वयमा साइ डेस्क र वल्डलिंक कम्युनिकेशन प्रा.लिको आयोजनामा दुई दिनसम्म चलेकाे तालिममा विराटनगर महानगरपालिकाका १९ वटै वडा स्वास्थ्यकेन्द्रका प्रमुख ,महानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख तथा कर्मचारी सहित विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियाे । तालिममा महानगरपालिका विभिन्न विद्यालयका १० जना शिक्षकको सहभागिता रहेकाे थियाे । शुक्रबार साे तालिमको उद्घाटन गर्नुहुँदै विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले नेपालमा आत्महत्याको घटनाहरु बढदै गइरहेकाले त्यसको रोकथामका लागि यस विषयमा स्थानिय स्तरमा जनचेतना जगाउन आवश्यक रहेको बताएका थिए ।

उनले आत्महत्या समस्याको समाधान होइन भन्दै कुनै पनि समस्या आएमा तनाव लिने भन्दापनि सवैसंग सल्लाह सुझाव लिएर समस्याको समाधान खोज्नुपर्ने मेयर काेईरालाकाे भनाई थियो । समस्यामा परेका व्यक्तिलाई तनाबबाट मुक्त राख्न परिवार र समाजको भुमिका पनि महत्वपुर्ण रहने कुरामा  समेत उनले जाेड दिएका थिए । सहभागीहरुलाई मनाेविज्ञ डा.नगेन्द्र सिंह ठगुन्नाले तालिम दुईदिनसम्म अनुव्रत तालिम प्रादन गरे । त्यस्तै महेन्द्र माेरङ्ग कलेजका शिक्षक तथा विनाेविद चेतन खड्काले समेत आत्महत्यालाई राेकथाम गराउने विषयमा अभिमुखिकरण गराए ।  प्रशिक्षकहरुले विषेशगरी आत्महत्यालाई कसरी निरुत्साहित र रोकथाम गर्न सकिन्छ भन्ने विषयमा तालिम कन्द्रित गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]