०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विएसएन स्कुलमा संस्कृति र व्यावसायिकता मिश्रित तीज उत्सव

Logo
जनचर्चा संवाददाता

विराटनगर, भदाै २१ । विराटनगर २ तीन पैनीमा रहेको विएसएन स्कुल अफ होटल मेनेजमेन्टले बिहीबार हरितालिका तीज पर्व मनाएकाे छ। स्कुल परिसरमा आयोजित साे कार्यक्रममा यसै वर्ष भर्ना भएका होटल मेनेजमेन्टका विद्यार्थीहरूलाई हरितालिका तीजको महत्व र परम्पराबारे जानकारी समेत गराईएकाे छ।

कार्यक्रममा स्कुलका प्रोग्राम डाइरेक्टर मनोज राजवंशीले तीज पर्वको महत्व दर्शाउँदै सबैलाई शुभकामना दिए। उनले भने, “तीजमा होटलहरूमा धेरै कार्यक्रमहरू हुने भएकाले यो होटल व्यवस्थापनका विद्यार्थीहरूका लागि एक उत्कृष्ट सिक्ने अवसर हो। विद्यार्थीहरूलाई पढाइसँगै व्यावहारिक सीपमूलक ज्ञान प्रदान गर्ने हिसाबले तीज पर्व कलेजमा मनाइएको हो।” राजवंशीले थप बताए, “होटलमा सेवासँगसँगै धर्म र संस्कृतिलाई पनि कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने उद्देश्यले समेत यो कार्यक्रम आयोजना गरिएको हो।”

कार्यक्रममा विएसएन स्कुलका डाइरेक्टर अनिता राजवंशी, एचओडी अजय चौधरी, शिक्षक सुमित ठाकुर लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित सबै विद्यार्थी तथा शिक्षक शिक्षिकालाई तीजको दर समेत खुवाइएको थियो। यसै वर्षको शैक्षिक सत्रदेखि होटल मेनेजमेन्ट विषय मात्र पढाइ सुरु गरेको यस स्कुलमा हाल ६३ जना विद्यार्थी भर्ना भएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]