०९ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरमा उरावकाे कर्मा-धर्मा पूजा सम्पन्न

Logo
जनचर्चा संवाददाता

विराटनगर,१८ असोज / नेपाल झागड उराव कोड्रेम सुधार समिति विराटनगरले कर्मा-धर्मा पूजा कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर-४ स्थित इक्राइ बनलौरीमा बुधबार विभिन्न धार्मिक तथा सास्कृतिक कार्यक्रम गरिएको थियो । समितिका अध्यक्ष हरी उराँवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रमुख अतिथिकारुपमा सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य पराजुलीले झागड,उराव समुदाय अहिले पनि शिक्षा,स्वास्थ्य तथा अन्य आधारभूत आवस्यकतावाट बन्चित रहदै आएको भन्दै राज्यतहवाटै समस्याको समाधान हुनुपर्नेमा जोड दिए । उनले समुदाय स्तरमै गएर राज्यले डाटा लिने र सोही अनुरुपको व्यवस्थापन गर्न सके मात्रै अधिकारका हरेक पक्षहरु सवल बन्ने बताए । झागड,उराव समुदायले विराटनगरमा भएका हरेक कार्यक्रममा आफ्नो सांस्कृतिक प्रस्तुती दिएको आफुले देखेको भन्दै पराजुलीले प्रशंसा समेत गरेका थिए । अधिकार प्राप्तिका लागि मागेर नपाए संघर्ष गरेर भएपनि राज्यसंग लिन पराजुलीले आग्रह गरे ।

कार्यक्रममा नेपाल उराव संघका केन्द्रीय सभापति तथा संविधानसभा सदस्य सूर्यदेव उराव, नेकपा एमालेका युवा नेता सागर थापा,नेपाली कांग्रेसका युवा नेता विनायक पन्त,आदीवासी जनजाती महासंकघका केन्द्रीय उपाध्यक्ष ध्यानी उराव ,सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष सुनिता उराव,समाजेवी ध्रुव उराव,सुरेन्द्र उराव,नेपाल झागड उराव सुधार समितिका अध्यक्ष गोविन्द उराव,सुनसरी अधयक्ष राजु उराव,झागड उराव राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलखन उराव,आदीवासी जनजाती महसंघ विराटनगरका अध्यक्ष सुरेश गनगाई लगायतले आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]