१३ साउन २०८३, बुधबार
29-07-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा उरावकाे कर्मा-धर्मा पूजा सम्पन्न

Logo
जनचर्चा संवाददाता

विराटनगर,१८ असोज / नेपाल झागड उराव कोड्रेम सुधार समिति विराटनगरले कर्मा-धर्मा पूजा कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर-४ स्थित इक्राइ बनलौरीमा बुधबार विभिन्न धार्मिक तथा सास्कृतिक कार्यक्रम गरिएको थियो । समितिका अध्यक्ष हरी उराँवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रमुख अतिथिकारुपमा सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य पराजुलीले झागड,उराव समुदाय अहिले पनि शिक्षा,स्वास्थ्य तथा अन्य आधारभूत आवस्यकतावाट बन्चित रहदै आएको भन्दै राज्यतहवाटै समस्याको समाधान हुनुपर्नेमा जोड दिए । उनले समुदाय स्तरमै गएर राज्यले डाटा लिने र सोही अनुरुपको व्यवस्थापन गर्न सके मात्रै अधिकारका हरेक पक्षहरु सवल बन्ने बताए । झागड,उराव समुदायले विराटनगरमा भएका हरेक कार्यक्रममा आफ्नो सांस्कृतिक प्रस्तुती दिएको आफुले देखेको भन्दै पराजुलीले प्रशंसा समेत गरेका थिए । अधिकार प्राप्तिका लागि मागेर नपाए संघर्ष गरेर भएपनि राज्यसंग लिन पराजुलीले आग्रह गरे ।

कार्यक्रममा नेपाल उराव संघका केन्द्रीय सभापति तथा संविधानसभा सदस्य सूर्यदेव उराव, नेकपा एमालेका युवा नेता सागर थापा,नेपाली कांग्रेसका युवा नेता विनायक पन्त,आदीवासी जनजाती महासंकघका केन्द्रीय उपाध्यक्ष ध्यानी उराव ,सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष सुनिता उराव,समाजेवी ध्रुव उराव,सुरेन्द्र उराव,नेपाल झागड उराव सुधार समितिका अध्यक्ष गोविन्द उराव,सुनसरी अधयक्ष राजु उराव,झागड उराव राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलखन उराव,आदीवासी जनजाती महसंघ विराटनगरका अध्यक्ष सुरेश गनगाई लगायतले आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]