२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

शुभकामना सेक्युरिटिजद्वारा विराटनगरमा पहिलो शाखा सञ्चालन

Logo
जनचर्चा संवाददाता

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ।

विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि उपलब्ध गराउने लक्ष्य लिएको छ।

शाखा उद्घाटन कार्यक्रममा कम्पनीका सञ्चालक विनित अग्रवालले आधुनिक समयमा तलब वा अनिश्चित आम्दानीले मात्रले जीवन धान्न कठिन हुने भन्दै सेयर बजारप्रति सचेत भई लगानी गरेमा सेयर मार्केटबाट पनि राम्रो आम्दानी गर्न सकिने विचार व्यक्त गरे। “सेयर बजार अब केवल ठूलो लगानीकर्ताका लागि मात्र होइन, स-साना आम्दानी गर्ने व्यक्ति तथा नयाँ लगानीकर्ताका लागि पनि उपयुक्त क्षेत्र बन्न सक्ने सम्भावना बोकेको छ,” अग्रवालले भने। उनका अनुसार, कम्पनीमा २५ सयभन्दा बढी सेयर कारोबारीहरूले सेवा लिइरहेका छन्।

७१ नम्बर ब्रोकरको रूपमा चिनिने शुभकामना सेक्युरिटिजले आफ्नो शाखामा ट्रेडिङ रूम, लाइभ मार्केट प्रोजेक्ट स्क्रिनिङ, कन्सलटेन्ट रूम लगायतका सुविधाहरू उपलब्ध गराएको छ। बिहान ११ बजेदेखि ३ बजेसम्म यस संस्थामा लगानीकर्ताहरूको उल्लेख्य उपस्थिति रहने गरेको छ।

काठमाडाैं कन्द्रिय कार्यलय रहेकाे शुभकामना सेक्युरिटिजले २०२४ जुन १ देखि  नेपाली शेयर बजारमा ब्रोकरको रूपमा प्रवेश गरेको थियो। यस कम्पनीमा २० करोडभन्दा बढीको पुँजी रहेको बताइएको छ। विराटनगर र आसपासका क्षेत्रका बासिन्दाहरूको सेयर बजारमा सहज पहुँच र वित्तीय सचेतना अभिवृद्धिमा यस शाखाले सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]