१३ मंसिर, काठमाडौं। इरानले अमेरिकी सेनामाथि गरेका आक्रमणमा एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारलिङ्क इन्टरनेट सेवा प्रयोग गरेको खुलासा भएको छ। द वासिङ्टन पोस्टका अनुसार स्टारलिङ्कको दुईवटा अनधिकृत प्रयोग इरानले अमेरिकी सेनाविरुद्धका गतिविधिसँग जोडिएको पाइयो। यो थाहा पाएपछि मस्क असन्तुष्ट भएका थिए।
अर्कोतर्फ, अमेरिकी सेनाले स्टारलिङ्कको सैन्य संस्करण “स्टारसिल्ड” प्रयोग गरेर ड्रोन उडाएको जानकारी पनि मस्कलाई दिइएको थियो। यस विषयमा स्पेसएक्स र अमेरिकी रक्षा विभागले अहिलेसम्म प्रतिक्रिया दिएका छैनन्।
इरानमा स्टारलिङ्क चलाउने आधिकारिक अनुमति छैन। जनवरीको विरोध प्रदर्शनका बेला इरानले इन्टरनेट बन्द गरेपछि अमेरिकी सरकारले हजारौँ टर्मिनल इरानमा तस्करी गरी पुर्याएको थियो। फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले आक्रमण सुरु गरेपछि इरानी सरकारले इन्टरनेटमा कडा नियन्त्रण राख्दै आएको छ।